MENU

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प नाेवेल शान्ति पुरस्कारका लागि मनोनयन

सिड्नी । इजरायल र संयुक्त अरब इमिरेट्सबीच शान्ति स्थापनार्थ सहयोग गरेको केही हप्तापछि नै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सन् २०२१ को नोवेल शान्ति पुरस्कारका लागि मनोनयनमा परेका छन् ।

विश्वभरी द्धन्द समाधानका लागि गरेको प्रयासको प्रशंसा गर्दै नर्वेका संसद सदस्य क्रिश्चीयन टायब्रिङ गजेडेले ट्रम्पलाई नोवेल शान्ति पुरस्कारका लागि मनोनयन गरेका हुन् । “उनको योग्यताको लागि मलाई लाग्छ उनले देशहरुबीच शान्ति स्थापनाका लागि शान्ति तर्फको नोवेल पुरस्कारको मनोनित अन्य व्यक्ति भन्दा बढी नै प्रयास गरेका छन्” गजेडेले भने ।

नेटो संसदीय सभाका लागि नर्वेको प्रतिनिधिमण्डलको अध्यक्ष समेत रहेका जगेडेले इजरायल र संयुक्त अरब इमिरेट्सबीच सम्बन्ध स्थापनामा ट्रम्प प्रशासनले महत्वपूर्ण भूमिका खेलेको बताए ।

राष्ट्रपति ट्रम्पले अगस्ट १३ तारिखमा पहिलो पटक दुई देशबीचको सम्बन्ध स्थापनको बारेमा जानकारी गराउदै प्यालेस्टाइनले भविष्यमा राज्य स्थापनाका लागि खोजी रहेको भूमिमाथिको कब्जा जमाउने काम बन्द गर्न इजरायल र संयुक्त अरब इमिरेट्सबीच पूर्ण कूटनीतिक सम्बन्ध स्थापनाका लागि सहमति भएको बताएका थिए ।

अधिकारीहरुले बताए अनुसार सेप्टेम्बर १५ तारिखमा अमेरिकाको ह्वाइट हाउसमा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र संयुक्त अरब इमिरेट्सका विदेश मन्त्री शेख अबदुल्लाह विन जायद अल नहयान सहित वरिष्ठ अधिकारीहरुबीच सम्झौतामा हस्ताक्षर हुनेछ ।

आफ्नो मनोनयन पत्रमा गजेडेले मध्यपूर्वका अन्य देशहरुले पनि संयुक्त अरब इमिरेट्सको पदचाप पछ्याउने तथा यस सम्झौताले मध्यपूर्वलाई एक सहयोग र समृद्धिको क्षेत्रमा परिणत गर्न भूमिका खेल्न सक्ने आशा व्यक्त गरे ।

उनका अनुसार ट्रम्पले भारत र पाकिस्तानबीच कस्मिरलाई लिएर जारी विवाद तथा दक्षिण कोरिया र उत्तर कोरियाबीचको विवाद समाधानका लागि प्रयास गरेका थिए । मध्यपूर्वमा ठूलो संख्यामा अमेरिकी सेनाको कटौती गरेकामा ट्रम्पको प्रशंसा समेत गरे । राष्ट्रहरुबीचको सम्बन्ध सुधार, सेनाको कटौती तथा शान्तिका लागि आह्वान जस्ता तीन कुराले ट्रम्पलाई शान्ति पुरस्कारको हकदार बनाएको बताए ।