MENU

मानसिक स्वास्थ्यका कारण म्याक्सवेलले लिए क्रिकेटबाट विश्राम

सिड्नी, अस्ट्रेलियाली क्रिकेटर ग्लेन म्याक्सवेलले मानसिक स्वास्थ्यका कारण खेलबाट तत्कालका लागि विश्राम लिएका छन्। म्याक्सवेल केही समयका लागि खेलबाट टाढा रहने क्रिकेट अस्ट्रेलियाले बिहीबार जनाएको छ।

 

 

१ नोभेम्बमा श्रीलंकासँग हुने खेलमा उनको स्थान डार्सी सर्टले लिने जनाइएको छ। ‘उनी छोटो समय खेलबाट टाढा रहनेछन्,’ अस्ट्रेलियाली टोलीका मनोचिकित्सक माइकल लोइडले भनेका छन्।

 

 समस्या पहिचानका लागि ‘सपोर्ट स्टाफ’ले म्याक्सवेलसँग सहकार्य गरिरहेको जानकारी पनि उनले दिएका छन्।

म्याक्सवेललाई आफूहरुको पूर्ण साथ रहेको क्रिकेट अस्ट्रेलियाका महाप्रबन्धक बेन ओलिभरले बताएका छन्।

 

 

श्रीलंकासँगको टी–२० सिरिजमा म्याक्सवेल मध्यम लयमा थिए । पहिलो खेलमा उनले २८ बलमा ६२ रन बनाएका थिए।

 

 

If you or anyone you know needs help:
Lifeline on 13 11 14
Kids Helpline on 1800 551 800
MensLine Australia on 1300 789 978
Suicide Call Back Service on 1300 659 467
Beyond Blue on 1300 22 46 36
Headspace on 1800 650 890
ReachOut at au.reachout.com