MENU

कोरोनाको महामारीमा अस्ट्रेलियामा फस्टाएको डोटेली युवाहरुको “इभजोन”

Chhatra Shankar
Editor at Nepalese Australian

लकडाउनमा फुर्याे, डोटीका युवाको अस्ट्रेलियामा बिजनेश गर्ने आईडिया

Eve Zone is one of the fastest growing Health and safety products suppliers in Australia.

EveZone is one of the fastest growing Health and safety products suppliers in Australia. Picture: EveZone Founder Deepak Joshi (right) and Debendra Joshi-DJ) (left)

सिड्नी । कोभिड महामारीसँगै जब अस्ट्रेलियाले लकडाउन शुरु गर्यो त्यसपछि धेरैको रोजिरोटी खोसियो भने कतिपय साना ब्यपार बन्द भए । यो बीचमा राज्यले बन्द भएका ब्यवसाय र रोजगार गुमाएका कामदारलाई आर्थिक सहयोग पनि गर्यो । लकडाउनलाई कतिपय मान्छेहरुले दिक्दारीको रुपमा लिएभने केही क्रिएटिभ मानिसहरुले अवसरका रुपमा लिए ।

सबैलाई लकडाउन बिषम बनेकोे समयमा डोटीका दुई युवाले भने लकडाउकै बीचमा समय सुहाउदो ब्यापार शुरुगरे । बिगत २१ बर्षदेखि अस्ट्रेलियामा बसोवासगर्दै आएका दिपक जोशी र देवेद्र जोशीको दिमागमा ब्यापारको आइडिया फ्याट फुर्याे ।

दिपक भन्छन, “कोरोना भाइरसको पहिलो लहरका कारण सिड्नीमा लकडाउनले ब्यापार ब्यवसायमा धक्का लागेपछि के गर्ने भनेर सोचिरहेका थियौ । एक दिन एउटा म्यानिफ्याक्चरिङ कम्पनीसँग सम्झौता गरेर आफै सेनिटाइचर उत्पादन गर्ने निश्कर्षमा पुगियो ।”

जति बेला बजारमा सेनिटाईजरको हाहाकारनै थियो । बजारमा सेनिटाईजरको माग बढ्न थालेपछि त्यही ब्यपारको जगमा टेकेर मेडिकल तथा क्लिनिङ कम्पनिहरुलाई चाहिने सामान बिक्रिगर्नका लागि जोशी समुहले कम्पनिनै खडा गर्याे । उनीहरुले इभजोन नामक कम्पनी स्थापना गरि मेडिकल तथा क्लिनिड प्रोडक्ट बेच्दै आएका छन् ।

Eve Zone is Health and safety products

इभजोन कस्तो कम्पनी ?

इभजोन कम्पनीले मेडिकल तथा क्लिनिङ प्रोडक्टहरु खुद्रा र अनलाइन मार्फत बिक्रि बितरण गर्छ ।

मेडिकल प्राेडक, सरसफाइ गर्ने चाहिने रसाइनहरु, पर्सनल प्रोटेक्टिभ प्राेडक्ट, डिस्पेन्सर, इनकटिन्नेस प्रडक्ट र वाकिङ एड्सहरु लगाएतका धेरै समग्रीहरु इभजोन बिक्रि बितरण गरिरहेको छ ।

“यी सामग्रिहरु होलसेल र खुद्रा ग्रहकको मागअनुसार बिक्रि गरिरहेको छौ

।” देवेद्र जोशीले भने, “यहाँका नर्सिङ्होमहरु,

अपाङ्गता सहायता सेवाहरु मुख्य ग्रहक भएपनि कार्पोरेट क्षेत्र र घरायसी जीवनमा पनि हाम्रो

देवेन्द्र जोशी  २०३० मा डोटीमा जन्मेका हुन् । जोशी १९९५मा अस्टेलिया आएका थिए । हस्पिटालिटी र हेल्थ सेक्टरमा दुई दशकको अनुभब बटुलेका जोशीकै कन्सेप्टमा गतसलकै जनवरीमा सेनिटाईजर उत्पादनको काम शुरु गरेको उनका सहकर्मी दिपक भन्छन् ।”

साथै रिटेल, प्रशासनीक, विज्ञापन क्षेत्रको जिम्मेवारी भने ओजस्वनी पाैडेलले सम्हाल्दै आएकी छन् । पाैडेलका अनुसार कोरोनाको महामारिमा स्वास्थ्य उपचार तथा स्याहार र सरसफाई क्षेत्रमा जोशी समुहले ब्यवासय र सेवा दुबै दिएको छ ।

बिसं २०३२ सालमा डोटीमा जन्मेहुर्केका र धनगढीमा पढेलेखेका दिपक जोशी २५ बर्षको उमेरमा अस्ट्रेलियामा अध्ययनका लागि आएका थिए । उनी जे पढ्न आए त्यो पढेनन् र जे गर्न आएका थिए । त्यो पनि गरेनन् । मार्केटिङ पढ्न आएका जोशीले सूचना प्रतिवधिमा मास्टर्स गरेका थिए ।

सिड्नीमा डोमिनोज पिज्जा देखि मेडिकल प्रडक्ट सम्म

बिसं २०३२ सालमा डोटीमा जन्मेहुर्केका र धनगढीमा पढेलेखेका दिपक जोशी २५ बर्षको उमेरमा अस्ट्रेलियामा अध्ययनका लागि आएका थिए । उनी जे पढ्न आए त्यो पढेनन् र जे गर्न आएका थिए । त्यो पनि गरेनन् । मार्केटिङ पढ्न आएका जोशीले सूचना प्रतिवधिमा मास्टर्स गरेका थिए ।

उनलाई शुरुका दिनमा अस्ट्रेलियाले धेरै नै अल्मल्यायो । उनी बिगत सम्झदै भन्छन्, “शुरुका दिनमा मैले प्रयाःसवै कामहरु गरे । जब पढाई सकियो अनि आफै केही गर्नुपर्छ भनेर ग्रोसरी पसलल पनि खोले । केही बर्ष चलाएर त्यो पनि बेचिदिए ।”

उनले सन २००९ मा हट्सन पार्क र क्यान्टेवरी एरियामा दुईवटा डोमिनोज पिज्जासप खुले । उनले सो कम्पनीमा अहिले पनि २० जना भन्दाबढी नेपालीलाई रोजगारी दिईरहेका छन् ।

नयाँ पुस्तासँग ईन्काउन्टर

आफ्ना कम्पनीहरुमा नेपाली कामदारलाई प्राथमिकता दिएका जोशीले नयाँपुस्ता सँग कामको बारेमा इन्काउन्टर हुने बताउछन् । जेनेरेशन ग्यापले गर्दा नयाँ पुस्तासँग काममा प्रतिवाद हुन्छ ।

कतिपय नयाँ जेनेरेन काममा इमान्दार भएपनि अधिकाशंमा कामप्रतिको जिम्मेवारी देखिदैन जोशी भन्छन्, “मेहेनतले कमाउने भन्दा केही समुह छिटो कमाउन दौडिरहेको छ । त्यस्ता नेपाली विद्यार्थीहरुलाई काउन्सिलिङको खाँचो छ ।” अविभावक देखि टाढाँ भएका उनीहरुलाई हामीले बेलैमा सम्झाउन सकेनौ भने उनीहरुको बाँकी जीबन अध्यारोतर्फ जानसक्छ ।

जोशी समुहले एक बर्षअघि शुरु गरेको इभजोन अहिले तिब्ररुपमा फैलदै छ । अस्ट्रेलियाका सबै राज्यअरु र नेपालमा पनि शाखा विस्तर गर्ने योजना यो समुहको छ ।