MENU

न्याभले खाद्य स्वच्छता र पोषण स्वास्थ्य सम्बन्धी अन्तर्क्रिया गर्दै  

मेलबर्न । नेप्लिज एसोसीएसन अफ भिक्टोरिया (न्याभ) ले खाद्य स्वच्छता र पोषण स्वास्थ्य सम्बन्धी जनचेतनामूलक कार्यक्रम आयोजना  गर्दैछ ।

न्याभले यही अक्टूबर ३१ ( कार्तिक १५ गते)  शनिबार मेलबर्नको समय अनुसार दिउसो ४ बजे र नेपाली समय अनुशार बिहानको १०:४५ बजे देखि करिब ९० मिनेटको कार्यक्रम आयोजना गरिने न्याभका अध्यक्ष राम गुरुङले जानकारी दिनुभयो । यस्तै २१ नोभेम्बरमा पनि यस्तै जनचेतनामूलक कार्यक्रम हुने भएकाे छ ।

स्थानीय स्तरमा नै उपलब्ध हुने पदार्थबाट स्वच्छ, सुरक्षित र पोषणयुक्त खानेकुरा कसरी तयार  पार्ने  सकिन्छ  भन्ने बिषयमा बिज्ञहरुबाट जानकारी उपलब्ध गराउने र स्वच्छ, सुरक्षित र पोषणयुक्त खानाबारे जनचेतना तथा जनस्वास्थ्यमा थोरै भए पनि सुधार ल्याउने उदेश्यले जुम प्रविधिबाट कार्यक्रम गर्न लागिएको न्याभले जनाएको छ ।

हाल कोरोना भाइरस जस्तो विश्वब्यापी महामारी चलिरहेको अवस्थामा स्वच्छ, सुरक्षित र पोषणयुक्त खानाको महत्व अझै बढ़ेको बताउदै महामारीको समयमा खानामा के कस्ता चिजबस्तु सामाबेश गर्ने र महामारीको बेलामा खाद्यपदार्थ किनमेल गर्दा के कस्ता सावधानी अपनाउनु पर्छ भन्नेबारेमा कार्यक्रम केन्दित रहने न्याभका कोषाध्यक्ष तथा खाद्य बैज्ञानिक डा,एकिन्द्र तिमिलसेना बताउनु भयो ।

सो कार्यक्रममा खाद्य बैज्ञानिकहरू डा. एकिन्द्र तिमिल्सेना, बेद प्रसाद खतिवडा,  डा फिलिप बटन र श्रुति शर्मा ले बिषयबस्तुबारे जानकारी दिनुहुने छ ।

हाल विश्वमा करिब ४ लाख मानिसहरू यस्तै दूषित तथा अवस्थकर खानाको सेवनबाट मृत्यु हुने गरेको छ जसमा एक तिहाई  ५ वर्ष मुनिको बालबालि रहेको तथ्यांक छ ।

सो कार्यक्रममा सहभागी हुनको लागि तलको Zoom लिंक प्रयोग गर्नु होला

https://us02web.zoom.us/j/87904174331?pwd=ZnQyREZJNFVrK3k4LzMyemNpWGpFZz09
Meeting ID: 879 0417 4331
Passcode: 545010