MENU

नेपालका दृष्टिविहीन बालबालिकाका लागि अस्ट्रेलियामा पनि आर्थिक अभियान

Chhatra Shankar
Editor at Nepalese Australian
Fundraising program in Australia to support blind people in Nepal
Fundraising program in Australia to support blind people in Nepal

सिड्नी ।  “ दशैमा खुसी प्रदान गर्न हामीलाई सहयोग गर्नुहोस” यही नाराका साथ न्यानोपन नेपालले सुरुवात गरेको “ह्यापिनेश किट” कार्यक्रमका लागि अस्ट्रेलियामा पनि आर्थिक अभियान शुरु गरिएको छ ।

न्यानोपन नेपालले शुरुवात गरेको यो कार्यक्रम मार्फत उठेको सहयोगले  दृष्टिविहीन बालबालिकाहरुलाई किटमा पोषिलो र स्वच्छ खाना, शैक्षिक खेल सामाग्री  सहित उपलब्ध गराइने अस्ट्रेलियाका अनिश सापकोटाले जानकारी दिए ।

ह्यापिनेश किटका लागि दुई हजार रुपैंयाँ सहयोग गरि तपाँई यस कार्यमा सरिक हुन सक्नुहुन्छ  सापकोटाले भने ‘दृष्टिविहीन बालबालिकाको पोषण र पालनपोषणमा तपाँईहरुले दिएको रकम सदुपयोग गरि लक्ष्तित बालबालिकाहरुलाई  दशौंमा खुशी पार्ने छौं ।’

यस कार्यक्रमको सुरुवाती चरणमा काठमाडौका करिब २ सय  दृष्टिविहिन बालबालिकासम्म पुग्ने लक्ष्य राखिएको छ । यो कार्यक्रम चरणवद्धरुपमा सामुदायिक विद्यालयका बालबालिकासम्म पुग्ने  न्यानोपन नेपालले जनाएको छ ।

ह्यापिनेश किट भनेको के हो ?

ह्यापिनेश किट भित्र दृष्टिविहनीन बालबालिकाहरुको लागि पोषण तथा कोभिड प्रतिरक्षाका लागि चना, च्यूरा, दाल, सातु, सुजी, बदाम, सोय नगेट्स, साबुन, डिसपोज गर्न मिल्ने फेस मास्क, स्यानिटाइजर र स्वच्छ न्यापकिन रहनेछन् । साथै  शैक्षिक र रमाईलाको लागि खेलसामाग्री पनि उपलब्ध  हुनेछन् ।

न्यानोपन नेपाल के हो ?

न्यानोपन नेपाल एक गैरनाफामूलक संस्था हो जसलाई क्याप्टेन विजय लामाले वि. स. २०७२ मा दृष्टिविहिन तथा विपन्न व्यक्तिहरुलाई अवसर,  शिक्षा, सहयोग, स्याहार र माया बाड्दै देशलाई सहयोग गर्ने उदेश्यले स्थापना गरेका हुन् ।

द दिपेश शो, न्यानोपन तथा एभरेस्ट मःमः अस्ट्रेलियाको सहयोगमा कोभिड—१९ सुरक्षित कार्यक्रम आयोजना  गरि कोभिड—१९ पीडितहरुका लागि आर्थिक सहयोग संकलन गरेको थियो । न्यानोपनलाई नेपालमा विपन्न तथा कमजोर मानिसहरु, खासगरी कोभिड—१९ बाट प्रभावितलाई सहयोग गर्ने महान कार्यका लागि आर्थिक सहयोग संकलन गर्दै आएको छ ।

‘संगै, जीवन परिवर्तन गरौ । कृपया उदारतापूर्वक सहयोग गर्नुहोस ।’ तपाईको सहयोगका लागि अग्रिम धन्यवाद दिन्छौं सस्थाका अध्यक्ष बिजय लामाले भनेका छन् ।

कृपया सहयोगका लागि यहाँ रकम जम्मा गर्नुहोस  ।

Sanima Bank

Branch: Budhanilkantha

A/C Name:- Nyanopan

A/C no:- 046010010000360

याे पनि पढ्नुहाेस् ।

न्यु साउथ वेल्सकी प्रिमियर ग्लेडिस बेरेजिक्लियनद्धारा राजिनामा