MENU

अर्थतन्त्र सुधारमा अस्ट्रेलियन सरकारले डेढ अर्ब अस्ट्रेलियन डलर खर्च गर्दै

Source AAP

अस्ट्रेलिया सरकारले अर्थतन्त्र सुधारको लागि चुनाव अगाडि नै डेढ अर्ब अस्ट्रेलियन डलर लगानी गर्न लागेको बताएको छ ।

क्यानबेराको नेशनल प्रेस क्लबमा आयोजित अस्ट्रेलियाको अर्थतन्त्र सुधार सम्बन्धी एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री स्टक मोरिसनले विशेषगरी ६ वटा क्षेत्रलाई व्यवसायीकरणमा केन्द्रीत गरेर लगानी बढाउन खोजिएका बताएका छन् ।

मोरिसनले बताएको ६ वटा क्षेत्रमा रक्षा, अन्तरिक्ष, खनिज, खाद्यन्न, मेडिकल प्रडक्ट र नविकरणीय उर्जा रहेको छ ।

यी क्षेत्रमा सुरूमा थोरै अनुदान दिने र क्रमशः त्यसलाई विस्तार गर्दै लैजाने योजना रहेको मोरिसनले बताए । यसका लागि सरकारले १.६ अर्ब अस्ट्रेलियन डलर खर्च गर्न लागेको प्रधानमन्त्रीले बताए ।

त्यसअवरमा प्रधानमन्त्री मोरिसनले सन् २०१९ मा आफूले निर्वाचन जित्नका लागि सामना गरेको चुनौतिहरुको बारेमा पनि चर्चा गरेका थिए ।

त्यसयता, अस्ट्रेलियामा आफ्नो सरकारले विभिन्न चुनौतिहरू समाना गर्नु परेको उनले बताए ।
प्राकृतिक प्रकोप, आगलागी, बाढी, महामारी जस्ता विषयले अर्थतन्त्रमा सिधा असर गरेको उनले बताएका थिए ।