MENU

अस्ट्रेलियाले कोभिड-१९ विरुद्धको खोप मार्चबाट प्रयोगमा ल्याउने

Australian Health Minister Greg Hunt
Australian Health Minister Greg Hunt

सिड्नी । अस्ट्रेिलियन नागरिकले आगामी वर्षकोे मार्चबाट कोेरोेना भाइरस विरुद्धकोे खोेप लगाउन पाउने भएका छन् । स्वास्थ्य मन्त्री ग्रेग हन्टले आफ्ना नागरिकले मार्चबाट खोप पाउने सुनिश्चित गरेका हुन् ।

अस्ट्रेलियाले खरिद गरेकोे चारवटा मध्ये दुईवटा खोपलाई फास्टट्रयाकमा स्विकृति प्रदान गरिनेछ । “हामी आगामी मार्चबाट अस्ट्रेलियालीलाई खोेप दिने तयारीमा छौे ।” हन्टले भने ।

उनले देशव्यापी खोप कार्यक्रम संचालन नभएसम्म अस्ट्रेिलिया कोरोनाको महामारीबाट बाहिर ननिस्कने बताउदै खोप दिने योजना सोचेभन्दा अगाडी नै रहेको जनाए ।

अस्ट्रेलियाले १३४.८ मिलियन खोप खरिद गरेको छ जुन देशकोे जनसंख्याको तीन गुणा बढी हो ।

कोभिड-१९ विरुद्धको खोपमा ९० प्रतिशत सफलता हात परेको दाबी

कोभिड-१९ विरुद्धको खोपमा नयाँ सफलता हात परेको त्यसका उत्पादनकर्ताले दाबी गरेका छन्। प्रारम्भिक विश्लेषण अनुसार फाइजर र बायोएनटेक नामक कम्पनीले उत्पादन गरेको खोप परीक्षणका क्रममा ९० प्रतिशतसम्म प्रभावकारी पाइएको जनाइएको छ।

अमेरिकाको फर्मास्युटिकल कम्पनी फाइजर र जर्मनीको बायोएनटेक नामक कम्पनीले संयुक्त रुपमा विकास गरेको उक्त खोप विभिन्न ६ देशका ४३ हजार ५०० जनामा परीक्षण गरिएको थियो। त्यस क्रममा कुनै पनि प्रकारका गम्भीर ‘साइड इफेक्ट’ नदेखिएको समाचार एजेन्सीहरुले जनाएका छन्।

कम्पनीले यो महिनाको अन्तिमसम्म आकस्मिक स्वीकृतिका लागि निवेदन दिने भएको छ। फाइजरका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत डा. अल्बर्ट बोलाले विज्ञान र मानवताका निम्ति यो महत्वपूर्ण दिन भएको बताएका छन्।

‘कोभिड १९ को फेज ३ को यो खोप ट्रायलको नतिजाले कोभिड रोक्न सक्छ भन्ने प्रारम्भिक प्रमाण देखाएको छ’ उनले भनेका छन्। कोभिड विरुद्धका हालसम्म दर्जनौं खोपहरु परीक्षणको अन्तिम चरणमा छन् तर यसले भने राम्रो सम्भावना र नतिजा देखाएको छ।

खोपमा प्रयोगात्मक विधि प्रयोग गरिएको छ जसमा मानिसको रोग प्रतिरोधात्मक क्षमतालाई तयार पार्न भाइरसको जेनेटिक कोडलाई  न्जेक्सनमार्फत प्रवेश गराइने जनाइएको छ।