MENU

होबार्टबाट हेम हराए, प्रहीलाई खवर गर्न अनुरोध

होबार्ट । तास्मानिया प्रहरीले विगत ६ दिन देखि हराई रहेका नेपाली भाषी हेम विश्वको खोजिको लागि सहयोग गर्न सार्वजनीक अपिल गरेको छ । ६ दिन अघि उनी  ग्लेनोर्चीमा देखिएकाे प्रहरीले उल्लेख गरेको छ ।

तास्मानिया प्रहरीले आफ्नो आधिकारिक फेसबुक पेजमा सूचना जारी गरी हराएका भनिएका हेमको हुँलीया खुलाएको छ । प्रहरीको सूचनामा भनिएको छ “उनी २६ बर्षका हुन र उनलाई स्वास्थ्यका कारण सहयोगको आवश्यकता पर्नै देखिन्छ ।”  उनी १५५ सेन्टिमिटर अग्ला र पातलो जैतुनरंगको कलर भएका छन् ।

प्रहरीले थप खुलाएको छ “उनी  नेपाली मुलका हुन तर उनी कम मात्र  अंग्रेजी बोल्छन । यदि तपाईंले हेमलाई देख्नु भएको छ वा जान्नु भएको छ १३१४४४ ग्लेनोर्ची पुलिसलाई सम्पर्क गर्न अनुरोध गरिएको छ ।”

यसैवीच गैर आवासीय नेपाली संघ तास्मानीयाका संयोजक सन्देश परियारले भने उनी हराएको बारेमा आधिकारीक जानकारी नआएको तर प्रहरीले हराएको सूचना बाहिर ल्याएकाले उनको खोजिमा पहल गर्नै बताए ।