MENU

अस्ट्रेलिया अवार्ड पाएका पूर्व विद्यार्थीले ; २ लाख ४० हजारको फण्ड कसरी लिने ?

सिड्नी । नेपालस्थित अस्ट्रेलियन  राजदूतावासले सन् २०२० का लागि सार्वजनिक कूटनीति र पूर्व विद्यार्थी संलग्नता कार्यक्रमका लागि एक्प्रेसन अफ इन्टरेस्ट आह्वान गरेको छ ।

अस्ट्रेलियन  दूतावासले अस्ट्रेलिया अवार्ड छात्रवृत्ति पाएका पूर्व विद्यार्थी, अस्ट्रेलिया सरकारको छात्रवृत्तिमा अध्ययन गरेका पूर्व विद्यार्थी तथा विश्वभरी अध्ययन गरेका पूर्व विद्यार्थी सदस्यहरुलाई अस्ट्रेलियाको कूटनीतिक संजालको महत्वपूर्ण पक्षका रुपमा लिदै उनीहरुसंग सम्पर्क स्थापना गर्ने, उनीहरुलाई परिचालन गर्ने र अस्ट्रेलिया-नेपाल सम्बन्धलाई सुदृढ पार्ने विषयलाई उपलब्धीको रुपमा लिइने जनाएको छ ।

दूतावासले यस कार्यक्रममार्फत पूर्व विद्यार्थीहरुसंगको सम्बन्ध विस्तार र परिचालन गर्ने र उनीहरुका उपलब्धीहरुको खुशियाली मनाउदा पूर्व विद्यार्थीहरुले अस्ट्रेलिया  र विश्वव्यापीरुपमा आफ्नो सम्बन्ध विस्तार गर्ने साथै नया अवसरहरुको विस्तार गर्ने विश्वास लिएको छ ।

दूतावासले अहिले नेपालमा रहेका पूर्व विद्यार्थीहरु, पूर्व विद्यार्थी संगठन वा संस्थाबाट एक्प्रेसन अफ इन्टरेस्ट आह्वान गरेको छ जसमा अस्ट्रेलियन डलर ३ हजार अर्थात २ लाख ४० हजार नेपाली रुपैया बराबरको फण्डका लागि आवेदन दिन सक्नेछन् ।

कार्यक्रमको मुख्य विषयमा, अस्ट्रेलियन सम्बन्धलाई सेलेव्रेट गर्नु तथा अस्ट्रेलियालाई नेपालमा प्रचार प्रसार गर्नु रहेको छ ।कार्यक्रमका लागि अक्टुवर २१, २०२० सम्ममा [email protected] मा आवेदन दिन सकिनेछ ।

थप जानकारीका  लागि याे लिंकमा जानुहाेला ।