MENU

संघिय निर्वाचन२०२२: आफ्नो मतलाई कसरी गणना योग्य बनाउने

How to vote at a polling place Australian federal election 2022, Australian citizen, polling places, House of Representatives, Senate, ballot paper, Ballot box
On Saturday, May 21, 2022, Australia will be heading to the polls for the next federal election.

अष्ट्रेलियामा मे २१ मा आम निर्वाचन हुने घोषणा भएसँगै प्रमुख दलहरूले प्रचार प्रचसर तिब्र पारेका  छन् । प्रधानमन्त्री स्कट मोरिसन र प्रमुख बिपक्षि लेबर दलका नेता एन्थथोनी एबानिजी चुनाव प्रचारका लागि देश दोडाहमा छन् । दुबैदलहरूले प्रत्येक दिन नयाँ नयाँ नीति र योजनाहरू सार्वजनिक गरेर मतदातालाइ तन्न खोजिरहेका छन् ।

तर नयाँ तथा बहुसाँस्कृतिक पृष्ठभूमी भएका मतदाता भने अष्ट्रेलियाको प्रिफेन्स मतान प्रणालीबारे नबुझ्दा अलमलमा छन् । संघिय चुनावमा प्रयोगहुने दुइ प्रकारको मतपत्रको बारेमा बुझ्नु जरूरी छ ।

सानो हरियो र ठूलो सेतो रंगको मतपत्र

निर्वाचनको दिन दईुवटा मतपत्रहरू, प्रतिनिधि सभा (House of Representatives) को लागि एउटा सानो हरियो रंगको र सीनेट (Senate) को लागि ठूलो सेतो रंगको मतपत्र, दिइनेछ  दुबै मतपत्रहरू मतदाताले पूरा भर्नुपर्नेछ।

हरियो रंगको मतपत्रमा, तपाईंले आफ्नो स्थानीय वा निर्वाचन क्षेत्रको प्रतिनिधिहरूलाई प्रतिनिधि सभाको लागि मतदान गर्नु हुनेछ। सेतो मतपत्रमा, तपाईंले आफ्नो राज्य वा टेरिटोरीका प्रतिनिधिहरूलाई सिनेटको लागि मतदान गर्नु हुनेछ।

प्रतिनिधि सभाका लागि हरियो रंगको मतपत्रमा तपाईंको रोजाइको क्रम अनुसार सबै बाकसहरूलाई नम्बर दिनुपर्छ।

House of Representatives Ballot Paper Green Ballot Paper
House of Representatives Ballot Paper Green Ballot Pape

सिनेटका लागि सतो रंगको मतपत्रमा मतदान गर्न मतदातासँग निम्न दुइ विकल्पहरू उपलब्ध छन:

यदि रेखा माथि गरेमा

यदि मतदाताले रेखा माथि मतदान गर्न चाहनु भएमा, कम्तिमा ६ वटा बाकसहरूमा क्रमसंख्या भर्नु पर्छ । मतपत्रमा आफ्नो पहिलो रोजाईको उम्मेदवारको छेउको बाकसभित्र ‘१’, दोस्रो रोजाईको उम्मेदवारको छेउको बाकसभित्र ‘२’ नम्बर लेख्नु पर्छ र यसैगरि कम्तिमा ६ वटा बाकसहरू भर्नुपर्छ। रेखाको माथि मतदान गर्दा मतदाताले चाहेजति बाकसहरूमा क्रमसंख्या भर्न सकिनेछ ।

Senate Ballot Paper election of 6 senators, Senate Ballot Paper
Senate Ballot Paper election of 6 senators, Senate Ballot Paper

वा रेखा तल गरेमा

यदि मतदाताले रेखाको तल मतदान गर्न चाहेमा, कम्तिमा १२ वटा बाकसहरूमा १ देखि १२ सम्म क्रमसंख्या भर्नु पर्छ।

मतपत्रमा आफ्नो पहिलो रोजाईको उम्मेदवारको छेउको बाकसभित्र ‘१’, दोस्रो रोजाईको उम्मेदवारको छेउको बाकसभित्र ‘२’ नम्बर लेख्नुहोस र यसैगरि कम्तिमा १२ वटा बाकसहरू सम्म भर्नुहोस्। रेखाको तल मतदान गर्दा तपाईंले चाहेजति बाकसहरूमा क्रमसंख्या भर्न सक्हनुहुनेछ ।

Senate Ballot Paper Below the line, Senate Ballot Paper
Senate Ballot Paper Below the line, Senate Ballot Paper

यदि मतदात गर्दा कुनै  गल्ती गर्नुभयो भने नआत्तिनुहोस्। तपाईंले अर्को मतपत्र मागेर फेरि शुरू गर्न सक्नुहुन्छ । बिग्रिएको मतपत्र भने फिर्ता बुझाउनु पर्छ ।

थप जानकारीकाे लागि अस्ट्रेलियन निर्वाचन आयाेगको वेभसाइट हेर्नुहाेस् ।

याे पनि पढ्नुहाेस् ।

Make your Vote Count this Federal Election