MENU

अस्ट्रेलियामा मे २१ मा आम निर्वाचन; प्रमुख दलहरूद्वारा प्रचार प्रसार तिब्र

2022 Australian federal election

सिड्नी । अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले मे २१ मा आम चुनाव हुने घोषणा गरेसँगै प्रमुख दलहरूले प्रचार प्रचसर तिब्र पारेका  छन् । प्रधानमन्त्री स्कट मोरिसन र प्रमुख बिपक्षि लेबर दलका नेता एन्थथोनी एबानिजी चुनाव प्रचारका लागि देश दौडाहमा छन् ।

दुबैदलहरूले प्रत्येक दिन नयाँ नयाँ नीति र योजनाहरू सार्वजनिक गरेर मतदातालाई तन्न खोजिरहेका छन् ।

सन् २०१९ मा भएको अस्ट्रेलियाको संघिय चुनाबमा सत्तारूढ दल लिभर पार्टीले झिनो बहुमतले सरकार चलाएको थियो ।   एक सय ५१ सिट रहेको अस्ट्रेलियाको तल्लो सदन हाउस अफ रेप्प्रिजेन्टिटीभमा सरकार बनाउन कम्तिमा ७६ सिट हुनु  आवश्यक छ।

अस्ट्रेलियामा सरकार परिवर्तन हुनसक्ने चुनावी सर्वेक्षण

अस्ट्रेलियामा सरकार परिवर्तन हुनसक्ने र विपक्षी लेबर पार्टी सत्तामा आउन सक्ने चुनावी सर्वेक्षणले देखाएको छ । रोय मोर्गेनले गरेको पछिल्लो मत सर्वेक्षण अनुसार विपक्षी लेबर पार्टी ५७ प्रतिसत सहित अगाडी छ भने सत्तारूढ दल लिभर पार्टी सहितको कोलिसनले मात्र ४३ प्रतिसत पाएको छ ।

तर, गत चुनावमा स्कट मोरिसनले सबै चुनावी मतपरिणाममा हारको डरका बाबजुद पनि चुनाव जितेका थिए।  हालैका दिनहरूमा प्रधानमन्त्री स्कट मोरिसनमाथि विभिन्न आरोप लागेपछि उनको लोकप्रियता घटेको छ।

स्कट मोरिसनले गभर्नर जनरलसँग कुरा गरेपछि चुनावको घोषणा गरेका हुन्।

यो पनि पढ्नुहाेस् ।

अस्ट्रेलियाका अध्यागमन मन्त्री एलेक्स हअकले दिए नेपाली नयाँ वर्ष २०७९ को शुभकामना