MENU

तास्मानियामा एनआरएनएले उठायो मन्दिर र हाउजिङको एजेण्डा

फोटो सौ‌जन्य : होबार्ट सिटी काउन्सिल

होबार्ट । तास्मानिया राज्यमा पकड भएको दल  लिवरल  पार्टीले राज्यको चुनावमा एकल बहुमत ल्याएसंगै लिवरलकै सरकारले निरन्तरता पाउने छ । चुनाव अघि सोही दलका नेता तथा सांसदहरुलाइ गैर आवासीय नेपाली संघ अस्ट्रेलिया, तास्मानिया राज्यका संयोजक सन्देश परियारले राज्यमा बसोवास गर्ने नेपाली समुदायको मागको फेहरिस्त सुनाएका थिए । उनले सबैपार्टीका उम्मेदवारलाई राखेर तास्मानियाका नेपाली समुदायका समस्या मात्र सुनाएनन, यहाँको सरकार तथा पार्टीका नेताहरुलाई समेत मागपत्र पठाए ।

संयोजक परियारले  दलका नेता तथा संसदहरुलाई नेपाली  धार्मीक तथा सस्कृतिको बारेमा बुझाउदै भनेका थिए । “नेपाली समुदायको  धार्मिक स्थलहरुमाथिको विश्वास एकदम महत्वपूर्ण छ किनभने यस्ता स्थानहरुले समुदाय र स्थानीय समुदायहरुले एकअर्कासंग घुममेल गराउछ भने धार्मीक मठमन्दिरमा पुजा गर्लाले शान्ति र सदभाव मिल्ने विश्वास छ ।”

त्यसैले  तास्मानियामा बसोबास गर्ने हिन्दू समुदायका लागि  मन्दिर निमार्ण अहिले नेपाली  समुदायको आवश्यकता रहेको छ । त्यसो  त नजिककै हिन्दु मन्दिर ब्रिजवाटरमा छ जहाँ पुग्नका लागि यातायात  समस्या  रहेको  सन्देशले सवै नेताहरुलाई सुझाव दिएका छन् । उनले  दलका नेता  तथा संसदहरुलाई क्लार्क क्षेत्रमा मन्दिर स्थापनाको लागि सहयोग गर्न अनुरोध गरेका छन ।

उनले  भने ‘सरकारले राज्यमा बसोवास गर्ने मानिसहरुलाई भिसाका आधारमा विभेद गरेको समेत औल्याएका छन । राज्य प्रायोजित भिषा प्रणालीलाई नजिकबाट नियाल्नुपर्ने आवश्यकता रहेको उल्लेख गर्दै हाउजिङ इन्डस्ट्रीमा राज्यले सवैलाई समान ब्यवाहार गर्न आग्रह गरेका छन ।

उनले भनेका छन १९० भिसा भएकाहरुले सामान्य स्टाम्प डयूटीकै भरमा  घरजग्गा  किन्न सक्छ भने राज्य प्रायोजित भिषा ४९१ र ४८१ भएकाहरुले तास्मानियामा घर किन्नका लागि चार वर्ष बस्नुपर्ने तथा विदेशी खरिददरको वर्गिकरणमा राखिएकाले खरिदमूल्यको करिव सात प्रतिशत माथि अतिरिक्त कर  तिर्नुपर्ने  नियम छ । यदी यो  पवधानलाई हटाएर ४९१ भिसाबाहकले भने घरजग्गा किन्न पाउने ब्यवस्था मिलाउने हो भने  राज्यको अर्थतन्त्रमा सहयोग पुग्न सक्छ ।’

राज्य प्रायोजित भिसा भएकाहरुमा मानसिक तनाव हुने  र  जसका कारण उनीहरुले वैकल्पिक स्थानहरुको खोजी गर्ने अथवा ८८७ भिषा पाउन चार वर्ष कुरेर सम्पत्ती किन्न नसक्ने भन्ने चिन्ता थप्ने उनले दलका नेताहरुलाई सचेत गराएका छन । यदी राज्यले उनीहरुलाई सम्पति जोडन अवसर नदिने हो भने  त्यस्ता मानिसहरुले राज्य छाड्ने भएमा  यही राज्यमा बसेर जोडेको  पैसा अन्य राज्यमा जाने छ यसले  स्थानीय व्यवसायमाथि ठूलो प्रभाव पार्नेछ सन्देशले सचेत गराएका थिए ।

यदी राज्यले  सवैले स्थायी रुपमा बसोवास गर्ने बातावरण बनाउने हो भने स्थानीय रोजगारी र व्यापार बढने र स्थानीय अर्थव्यवस्थाको लागि ठूलो प्रोत्साहन हुने संयोजक सन्देशले औल्याएका छन् ।

Letter to Clark Candidates (1)

गैर आवासीय नेपाली संघ अस्ट्रेलिया, तास्मानिया राज्यका संयोजक सन्देश परियारले राज्यका सत्तापक्षीय तथा  विपक्षी दलका नेताहरुलाई बुझाएको मागपत्रको सारसंक्षेप ।