MENU

नाकबाट कोरोना खोप दिने प्रयासमा अस्ट्रेलियन वैज्ञानिक, अध्ययन सफल भए विश्वकै लागी ‘गेम चेन्जर’ बन्ने दावी

अस्ट्रेलियाका वैज्ञानिकहरुले नाकबाट स्प्रे गरेर कोभिड–१९ को दिने सम्भावनाको बारेमा अध्ययन गरिरहेका छन् ।

यदी नाकबाट स्प्रे गरेर कोरोना विरूद्धको खोप दिन सकेमा त्यसले विश्वभर ठूलो प्रभाव सिर्जना गर्न सक्ने वैज्ञानिकहरुको भनाई छ ।

उक्त प्रविधिको सफल परीक्षण भएमा स्वास्थ्यकर्मीहरूले खोप प्रदानको कम सहनुनपर्ने, स्वास्थ्य क्षेत्रको फोहोर कम गर्न सहयोग पुग्ने र विकासोन्मुख देशहरू खोपको राम्रो पहुँच विस्तार गर्न सकिने बताइएको छ ।

न्यू साउथ वेल्स राज्यको आरएनए खोप उत्पादन तथा अनुसन्धान नेटवर्कका स्वासप्रश्वाससँग सम्बन्धीत वैज्ञानिकहरु डानियल ट्रैनी र पल थोर्डशनले नयाँ तरीकाले कोरोना खोप लगाउने प्रणालीका बारेमा अध्ययन गरिरहेका छन् । त्यसका लागि न्यू साउथ वेल्स सरकारले एक लाख अमेरिकी डलर अनुदान उपलब्ध गराएको छ ।

नाकमा स्प्रे गरिने प्रविधि (नसल स्प्रे टेक्नोलोजी) (जसलाई नानोसेल पनि भनिन्छ) बाट खोप दिनका लागि डाक्टरको आवश्यकता नपर्ने वैज्ञानिकहरुले बताएका छन् ।

अध्येता प्राध्यापक एवं वैज्ञानिक ट्रैनीले आफूहरुले गरिरहेको अध्ययनमा नाकमा स्प्रे गरेर खोप दिदाँ खोपको डोज पूर्णरूपमा नाकभित्र पुर्‍याउन सकिन्छ कि सकिदैन भन्नेमा केन्द्रीत रहेको बताएकी छिन् ।

अहिले कोरोना भाइरस विरूद्ध दिइएको विभिन्न खोपहरु मानिसको नसामा पुर्‍याएर दिइन्छ र उक्त खोप भण्डारणको लागि विशेष खालको रेफ्रिजेरेशन आवश्यक पर्छ । विद्युत अथवा चिश्यान उपकरण नभएको ठाउँमा ती खोप भण्डारण गर्न नै समस्या पर्ने गरेको छ ।

यदी उक्त अध्ययन सफल भएमा अस्ट्रेलियाको लागी मात्रै नभएर विश्वभरका देशको लागि ‘गेम चेन्जर’ अध्ययन सावित हुन सक्ने वैज्ञानिकहरुको भनाई छ ।

‘यदी अहिलेको अध्ययन सफल भएमा कोरोनाको खोप नाकबाट स्प्रे गरेर दिन सकिनछ र त्यसले कैयौ फाइदा दिन्छ’, अनुसन्धानमा संलगन वैज्ञानिकहरूले भनेका छन् ।

कतिफय फ्लूसँग सम्बन्धीत खोपहरू अहिले पनि मानिसको नाकमा स्प्रे गरेर दिने गरिएकोले कोराना खोपको सम्बन्धमा भइरहेको अध्ययन पनि सफल हुने वैज्ञानिकहरुको दावी छ ।

मुखबाट दिएको खोप भने प्रभावकारी हुन नसक्ने प्राध्यापक एवं वैज्ञानिक ट्रेनी बताउँछिन् । मुखबाट खोप दिए पनि शरीरको पाचन प्रणालीले खोपलाई प्रभावित पार्ने र खोपलाई नस्ट गराउने उनले बताइन् ।

प्रधानमन्त्रीविरूद्ध घातक अभिव्यक्ति नदिन भन्दै धम्कीपूर्ण टेलिफोन आएको ग्रेस टेमको खुलासा