MENU

प्रधानमन्त्रीविरूद्ध घातक अभिव्यक्ति नदिन भन्दै धम्कीपूर्ण टेलिफोन आएको ग्रेस टेमको खुलासा

Advocate for survivors of sexual assault and abuse, Grace Tame during their address to the National Press Club of Australia in Canberra on Wednesday 9 February 2022. (ABC)
Advocate for survivors of sexual assault and abuse, Grace Tame during their address to the National Press Club of Australia in Canberra on Wednesday 9 February 2022. (ABC)

अस्ट्रेलियाको २०२१ वर्ष व्यक्ति ग्रेस टेमले निर्वाचन अगाडि प्रधानमन्त्रीका विरूद्ध घातक अभिव्यक्ति नदिन भन्दै धम्कीपूर्ण टेलिफोने आएको खुलासा गरेकी छिन् ।
बुधबार नेशनल प्रेस क्लब क्यानबेरामा बोल्दै उनले यस्तो बताएकी हुन् ।

ग्रेस टेम बाल यौन दुव्र्यवहार पीडित अभियन्ता र वकिल हुन् । सन् २०२१ को वर्ष व्यक्तिको उपाधि पाएको पाँच महिनामै सरकारी लगानी रहेका संस्थाहरूबाटै धम्कीपूर्ण फोनहरू आएको उनले बताइन् ।

अस्ट्रेलियन संसदमा मंगलबार मात्रै संसदभित्रै बलत्कार, धम्की र उत्पीडनमा परेका व्यक्तिहरूप्रति माफी मागिएको थियो । अस्ट्रेलियाको पूर्व वर्ष व्यक्ति ग्रेस टेमले त्यसलाई सरकारको अन्तिम समयको सतही आत्मस्वीकृति, सचेततापूर्वक मञ्चन गरिएको तस्वीर र रित्तो घोषणको संज्ञा दिएकी छन् ।

नेशनल प्रेस क्लबमा उनले भनिन्, ‘यस वर्ष पटक पटक हाम्रो शक्तिशाली हलमा शिकारीहरूले गरेको छल र त्यसको नक्कल देखेको छु ।’ सरकारी लगानीका संस्थाका उच्च पदस्थ व्यक्तिले फोन गरेर धम्की दिदै प्रधानमन्त्रीलाई आरोपित गरेर नबोल्ने प्रतिबद्धता खोजेको उनले बताइन् ।

‘तपाई प्रभावशाली व्यक्ति हो । तपाइको कारण डर हुनसक्छ भनेर फोन आएको थियो’, टेमले भनिन, ‘मैले कस्तो डर भनेर प्रश्न गरेको थिए ।’ फोन गर्ने व्यक्तिले निर्वाचन नजिकिएको बताएको उनले सुनाइन् ।

फोन गर्ने व्यक्तिले भनेको कुरा स्मरण गर्दै टेमले भनिन्, ‘यस विषयमा अरूले थाहा पाउँदा मेरो जागिर जान सक्छ । तपाई पनि त्यस्तो चाहुनुहुन्न । चाहनुहुन्छ र ? चाहनुहुन्न ।’
उनले आगामी दिनमा अन्याय र समस्यामा परेकाहरूको पक्षमा काम गरिरहने, आवाज उठाउने र पछि नहट्ने प्रतिवद्धता व्यक्त गरेकी छन् ।

उनले भनिन्, ‘दुष्टहरूका विरूद्ध उभिने सचेततापूर्वक निर्णय गरेको कारण म अहिले यहाँ छु । मैले पहिल्यैदेखि अन्यायमा परेकाहरूको आवाज उठाइरहेको छु । अब चुपचापपछि हट्नु पाखण्डीपन हुनेछ ।’

प्रधानमन्त्री कार्यलयद्वारा आरोपको खण्डन

प्रधानमन्त्री स्कट मोरिसनका प्रवक्ताले भने प्रधानमन्त्रीले टेमको आरोपबारे बुधबारको उनको भाषणपछि मात्रै थाहा पाएको प्रतिक्रिया दिएका छन् ।
‘प्रधानमन्त्रीले त्यस्ता कार्यहरुलाई बैधता दिएका छैनन् । प्रधानमन्त्रीले सधै टेमलाई मर्यादा र सम्मानपूर्वक व्यवहार गरेका छन्’, प्रवक्ताले भनेका छन् ।
टेम सधैं आफ्नो मनमा लागेको कुरा भन्न र आफूले रोजेको व्यवहार गर्न स्वतन्त्र रहेको प्रधानमन्त्रीका प्रवक्ताले बताएका छन् । उनीहरुले त्यसरी धम्कीपूर्ण फोन गर्ने व्यक्तिलाई माफी माग्न पनि भनेका छन् ।

Sexual assault and family violence support lines:

1800 Respect National Helpline: 1800 737 732
Sexual Assault Crisis Line Victoria: 1800 806 292
Safe Steps Crisis Line (Vic): 1800 015 188
Men’s Referral Service: 1300 766 491
Lifeline (24-hour Crisis Line): 131 114

याे पनि पढ्नुहाेस् ।

प्रधानमन्त्री मोरिसनले हिगन्ससँग मागे माफी, संसदमा पढेर सुनाइयो सार्वजनिक माफीपत्र