MENU

बहुसाँस्कृतिक समुदायका अगुवाले बुझाए अस्ट्रेलियाका मन्त्रीहरूलाई दश बुँदे योजना

It was great to see Mr Matt Kean MP, the Minister for Energy and Environment as well as the Minister for Skills and Tertiary Education, and Minister for Sport, Multiculturalism, Seniors and Veterans Dr Geoffrey Lee MP

सिड्नी । गैर आवासीय नेपाली सङ्घ अस्ट्रेलियाका प्रतिनिधि तथा विभिन्न बहुँसास्कृतिक समुदायका अगुवाहरूले ऊर्जा तथा वातावरण मन्त्री म्याट किन सहित शिक्षा मन्त्री, खेलकुद र बहु सांस्कृतिक मन्त्री लगायतका विशिष्ट पदाधिकारीहरुसंग भेटवार्ता गरी दश बुँदे विकासका योजनाहरू बझाएका छन् ।

उक्त समूहले भेटवार्तामा ऊर्जा तथा वातावरण मन्त्रीसँग अस्ट्रेलियामा बुहँसास्कृति समुदायको समस्या बारे छलफल गरेका थिए । पश्चिमी सिड्नीमा सौर्य गार्डेन पाइलट कार्यक्रम, सामुदायिक ऊर्जा केन्द्र, स्वस्थ तथा सस्तो घरहरू, सौर्य ऊर्जा उपकरण, इलेक्ट्रिक सार्वजनिक बसहरूमा लगानी, डढेलो नियन्त्रण र तयारी तथा भविष्यको रोजगारी लयायताका १० बुँदे योजना उनीहरूले मन्त्रीहरूलाई बुझाएका थिए ।

छलफलका क्रममा ऊर्जा तथा वातावरण मन्त्री किनले उक्त योजनाहरूको बारेमा अध्ययन गरी मे महिनाको अन्तिममा पुन छलफल गर्ने बैठकमा सहभागी गैर आवासीय नेपाली सङ्घका उपाध्यक्ष तथा न्यु साउथ वेल्सका संयोजक देव गुरुङले नेप्लिज अस्ट्रेलियनलाई जानकारी दिए ।