MENU

इटालीले रोक्यो अस्ट्रेलियामा भ्याक्सिनको ‘शिपमेन्ट’

Italy has blocked the export to Australia of 250,000 AstraZeneca coronavirus vaccine doses
Italy has blocked the export to Australia of 250,000 AstraZeneca coronavirus vaccine doses, amid a dispute with the drug manufacturer over delivery shortfalls inside the European Union.

इटाली सरकारले अस्ट्रेलियालाई अक्सफोर्ड एस्ट्रेजेनेका भ्याक्सिन डेलिभरी गर्न रोक लगाएको छ।

इटालीमा उत्पादित एस्ट्रेजेनेकाको २ लाख ५० हजार भ्याक्सिन डोज अस्ट्रेलिया शिपमेन्ट गर्ने तयारी थियो। तर सरकारको निर्णयसँगै भ्याक्सिन इटालीमा नै रोकिने भएको छ। इटालीको उक्‍त निर्णयलाई युरोपियन युनियनको समेत समर्थन रहेको बताइएको छ।

युरोपियन युनियनको नयाँ प्रावधानहरु पूरा गर्न नसकेको भन्दै भ्याक्सिनको शिपमेन्ट रोकिएको बताइएको छ। एस्ट्रेजेनेकाको शिपमेन्ट ढिला भएको भन्दै युरोपभर आलोचना भइरहेको थियो।

अस्ट्रेलियाले भने एउटा शिपमेन्ट रोकिँदैमा आफूहरुलाई खासै फरक नपर्ने बताएको छ।