होबार्ट / नेपाली सोसाइटी अफ तास्मानियाको साधारण सभा २०२१ , सोसाइटीका निवर्तमान अध्यक्ष अभिनव आचार्यको अध्यक्षतामा शनिबार तास्मानियाको होबार्टमा सम्पन्न भएको छ ।
उक्त साधारण सभामा अध्यक्ष पदका लागि खगेन्द्र सत्याल र अरुणा पौंडेलले उम्मेद्वारी दिएका थिए । अध्यक्ष पदका लागि गरिएको मतादनबाट नेपाली सोसाइटी अफ तास्मानियामा एक बर्षै कार्यकालका लागि सत्याल बिजय भएका हुन् । निर्वाचन अधिकृत अर्जुन प्रसाईको रोहबरमा अध्यक्षाका प्रत्यासीहरुको निर्वाचन गराइएको थियो । सस्थाको बाँकी पदाधिकारीहरु भने सर्वसम्मतिले चयन गरिएको थियो ।
सोसाइटीको उपाध्यक्षमा मेघना राउत, सचिव बसन्त घिमिरे, कोषाध्यक्षमा डोल्मा शेर्पा रहेका छन् . त्यस्तै गरी सदस्यहरुमा गायत्री पाण्डे, अनिल दंगाल, अनुज अधिकारी, विष्णु सापकोटा पूर्णिमा श्रेष्ठ निर्विरोध निर्वाचित भएका हुन् ।
नव निर्वाचित अध्यक्ष सत्यालले आप्नै कार्यकालमा सस्थाका सस्थापक अध्यक्षहरुलाई सम्मान गर्नै, होबार्टमा संचालित पाठशालाको आप्नै पाठ्यक्रम बिकास गरी स्तरीय बनाउने र नेपाली भाषा कला र संस्कृति प्रव्रर्धन गर्न स्थानीय सरकार संग आर्थिक सहयोगका लागि पहल गर्नै योजना समेत सार्वजनिक गरेका छन् । साथै उनले स्थानीय नेपाली समुदायका संघसस्थाहरुसंग सहकार्य गर्दै अघि बढ्ने बताए
सत्याल तास्मानियाका सामाजिक अभियान्ता तथा पत्रकार पनि हुन् ।