MENU

नेपाली समुदायका अगुवाहरु भन्छन् : मातृभूमि प्रतिको दायित्व नभुलौं !

सिड्नीमा रहेका विभिन्न सामाजिक सङ्घ सस्थाका  प्रतिनिधिहरूले प्रवासमा रहेर नेपाल प्रतिको दायित्व भुल्न नहुने बताएका छन् ।

प्रवासी नेपाली एकता मञ्च, नेपाली समाज अस्ट्रेलिया र जनसम्पर्क समिति अस्ट्रेलियाले संयुक्त रूपमा  आयोजनामा गरेको मातृभूमि प्रतिको दायित्व विषयक एक  अन्तर्क्रिया कार्यक्रममा  अस्ट्रेलियाका नेपाली समुदायका अगुवाहरूले सो कुरा बताएका हुन् । मातृभूमिको राजनीति, सामाजिक तथा आर्थिक अवस्था के कस्तो हुँदै छ भन्ने बारेमा प्रवासमा रहेका नयाँ पुस्ताहरूले  चासो राख्नु पर्नै सहभागी वक्ताहरूले बताएका थिए ।

 कार्यक्रममा बोल्दै  नेपाली समाज अस्ट्रेलिया प्रवास विशेष समितिका उपाध्यक्ष सुवान चौलागाईले हामी जो जहाँ रहे पनि आफ्नो देशमा के हुँदै छ भन्ने कुरामा चासो राख्न जरुरी रहेको कुरा औलाउदै युवाहरूलाई विदेश आएपछि देश प्रतिको चासो नभुल्न   आग्रह गर्नुभयो ।

त्यसै गरी  कार्यक्रममा बोल्दै एन आर एन अस्ट्रेलिया उपाध्यक्ष देब गुरुङले आफू र आफ्नो संस्था देशको दुःख तथा विदेशमा समस्यामा रहेका नेपाली सँग रहेको बताउँदै  प्रवासमा रहे पनि आफ्नो जीवनभर मातृभूमिको हितमा काम गर्न प्रतिबद्धता  व्यक्त गर्नुभयो ।

कार्यक्रममा प्रवासी  नेपाली एकता मञ्च अस्ट्रेलियाका अध्यक्ष राजन कुमार बस्नेतले आफूहरू सधैँ देशमा सुशासनको पक्षमा रहेको बताउँदै आफ्नो मातृभूमिको विकास र सुशासनमा महत्त्वपूर्ण भूमिका खेल्ने बताउनु भयो ।

कार्यक्रममा प्रमुख अतिथि एन आर एन ग्लोबलका उपाध्यक्ष मन केसीले आफ्नो संस्थाले  विश्वभर रहेका नेपालीको दुःखमा साथ दिँदै आएको बताउनु भयो ।

नेपाली समाज  अस्ट्रेलियाका अध्यक्ष गणेश तामाङको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन प्रवासी एकता मञ्च अस्ट्रेलिया एन एस ड्ब्लु अध्यक्ष अच्युत थपलियाले गर्नुभएको थियो भने सिके भुषालले स्वागत मन्तव्य राख्नुभएको थियो  ।

कार्यक्रममा जनजाति महासङ्घ अस्ट्रेलिया अध्यक्ष अरुण तामाङ, चित्र तुम्बाहाम्फे, विद्यार्थी नेता अनिश ढकाल भरत नेपाल, जनसम्पर्क समिति अस्ट्रेलियाका कार्यवाहक अध्यक्ष छिरिङ् शेर्पा र सुरेन्द्र सिग्देल  लगायतले मातृभूमि प्रतिको दायित्वको बारेमा बोल्नुभएको थियो ।