MENU

लनचेस्टन नेपाली क्रिकेट क्लवलाई लिवरल नेताहरुको आश्वासन ‘खेलमैदान निर्माणमा सहयोग गर्छौ’

Chhatra Shankar
Editor at Nepalese Australian

Liberal leaders assure Launceston Nepalese Cricket Club to help build stadium

तास्मानिया ।  चुनावी अभियान चलिरहेकैबेला तास्मानियाका लिवरल  नेताहरुले तास्मानियाकै सवैभन्दा ठूलो क्रिकेट क्लव लनचेस्टन नेपाली  क्रिकेट क्लवलाई खेलमैदान निर्माणमा सहयोग गर्नै आश्वासन दिएका छन् ।

नयाँ कार्यसमिति चयनका लागि आयोजना गरिएको क्लवको कार्यक्रममा सहभागी लिवरल नेताहरुले  बुहँसास्कृतिक समुदायसंग सहकार्य गर्दै अघि बढ्ने बताएका थिए । लिवरल सांसद  ब्रिजट आर्चरले आफुहरु युवाहरुसंग कामगर्न चाहिरहेको बताउदै  क्रिकेट खेलप्रति नेपाली युवाहरुको आकर्षणलाई प्रोत्साहन गर्न पनि क्लवको घरेलु खेलमैदानका लागि  पहल गर्नै बताईन । खेलको माध्यमले समुदायमा सद्भाव र सचेतना कायम गर्नै भन्दै उनले क्लवलाई आवश्यक पर्नै कुनै पनि समस्यामा साथ रहने बताइन ।

त्यस्तै गरी लिवरका नेता माइकल फर्ग्युसनले आफ्नो पार्टीले नेपाली समुदाय तथा आप्रवासी समुदायसग हातेमालो गर्दै आगाडी बढ्ने बताए । उनले तास्मिनयामा नेपाली समुदायको बढ्दो आगमनले आफुहरु उत्साहित भएको बताए ।

तास्मानिया क्रिकेट लिगका अध्यक्ष ड्यारेल ह्वाइटले  नेपाली क्रिकेट क्लवले स्थानीय लिगमा देखाएको खेल प्रशंसनिय भएको बताए ।  गैर आवासीय नेपाली संघ अस्ट्रेलिया,  तास्मानिया राज्यका संयोजक सन्देश परियारले क्लवलाई आवश्यक पर्नै खेलकुद सामाग्रिहरु उपलब्ध गराउने प्रतिवद्धता  जनाएका थिए ।

हाल क्लवलाई स्थानीय विद्यालयले नि:शुल्क खेलमैदान उपलब्ध गराउदै आएको क्लवका  अध्यक्षा रामकुमार श्रेष्ठले जानकारी दिए ।

Liberal leaders assure Launceston Nepalese Cricket Club to help build stadium