MENU

मेस्सीको अबको यात्रा कता ?

एजेन्सी । स्टार फरवार्ड लियोनल मेसीले बार्सिलोना छाडेसँगै अबको उनको गन्तव्य कता हुन्छ भनेर चर्चा सुरु भइसकेको छ।

यसअघि नै बार्सिलोना छाड्ने मनसायमा पुगेका अर्जेन्टिनी फरवर्ड तथा कप्तान लियोनल मेस्सी अन्ततः बार्सिलोनाबाट टाढा भएका छन्।

आफ्नो दोस्रो घरको रुपमा रहेको बार्सिलोनामा रहँदा मेस्सीले थुप्रै कीर्तिमान आफ्नो नाममा गरे।

हुन त यसअघि नै बार्सिलोना छाड्ने मनस्थितिमा पुगेका मेस्सीले क्लबलाई पत्र लेख्दै आफू क्लबबाट बाहिरिन चाहेको बताएका थिए।

तर सम्झौताअनुसार मेस्सीले क्लब छाड्न पाएका थिएनन्। मेस्सी र क्लबबीच गत जुलाई १ देखि सम्झौता सकिएको थियो।

सम्झौता सकिएपछि मेस्सी फ्री एजेन्ट भएको दुई सातापछि क्लबलाई पत्र लेख्दै आफ्नो आधा तलब घटाउँदै क्लबमा नै रहन सहमत भएका थिए।

क्लब र मेस्सीबीच बिहीबार नयाँ सम्झौता हुने धेरैले विश्वास गरेका थिए। तर क्लबको आर्थिक र संरचनागत समस्याका कारण मेस्सी र क्लबबीच सम्झौता हुन सकेन र उनी झण्डै दुई दशकपछि क्लबबाट बाहिरिने भएका छन्।

त्यसो त बार्सिलानासँग सम्झौता नवीकरण हुन नसके पनि क्लब र मेस्सी दुवै एकअर्कालाई छाड्न चाहाँदैनन्। मेस्सीले आफ्नो दुई दशकभन्दा लामो समय बार्सिलोनालाई दिइसकेका छन्।

बिहीबार राति क्लबले एक विज्ञप्ति जारी गर्दै मेस्सीले छाड्न लागेको जानकारीसहित उनको आगामी भविष्यको सुखद कामना पनि गरेको थियो।