MENU

मदन पुरस्कार २०७७ इतिहासकार भोगिराज इङ्नामलाई

Madan Puraskar 2021
काठमाडौं– २०७७ सालको मदन पुरस्कार भोगिराज इङ्नामको पुस्तक लिम्बुवानको ऐतिहासिक दस्तावेज संग्रह सम्वत् १७१९–२०२० पुस्तकले जितेको छ।

नेपाली इतिहासका प्राथमिक सामग्रीहरुको संकलन र पहुँचलाई विस्तार गरेकोले यस पुस्तकले मदन पुस्कार जितेको हो। मदन पुरस्कारका लागि गुठीलाई २२२ वटा पुस्तक प्राप्त भएका थिए भने तीमध्येबाट गुठीले १० वटा उत्कृष्ट पुस्तकको सूची सार्वजनिक गरेको थियो।

त्यसैगरी २०७७ को जगदम्बाश्री सम्मान सात दशकदेखि नेपाली नृत्य विधाको अध्ययन र अनुसन्धान र मञ्चन गर्दै सैद्धान्तिक तथा प्रयोगात्मक ज्ञानमार्फत नृत्य क्षेत्रको उन्नयनमा समर्पित भैरवबहादुर थापालाई दिने निर्णय गुठीले गरेको छ।