MENU

किन बन्दै छ, तास्मानिया अन्तराष्ट्रिय बिद्यार्थीहरुको पहिलो रोजाइ ?

Pradeep Pokhrel Tasmaniya
उच्च शिक्षा अध्ययनको लागि नेपाली बिद्यार्थीहरुका लागि अस्ट्रेलिया निकै नै उत्तम गन्तव्य बनिरहेको छ । नेपालमा कक्षा १२ अथवा स्नातक उत्तिर्ण गरिसके पछि अन्तरास्ट्रिय स्तरको ज्ञान, सिप र कला सिक्ने र उक्त सिकाइलाई आफ्नो देशमा लगेर भरपुर उपयोग गर्ने चाहाना बोकेर बर्सेनि हजारौ सन्ख्यामा नेपाली बिद्यार्थीहरु अस्ट्रेलिया भित्रीरहेको कुरा हामी सबै माझ छ्र्लङ्ग नै छ ।

तर पनि अस्ट्रेलिया आइसके पछि यहाँको शिक्षा, स्वास्थ, रोजगार, सामाजिक सुरक्षाको राम्रो ब्यबस्थापन तथा उपयुक्त हावापनी र सहज जिबनशैलीको कारण धेरै जसो पाली बिद्यार्थीहरु आफ्नो पढाइ सके पछि पनि यहि देशमा स्थायी बसोबास गरि आफ्नो जीबन बिताउन चाहान्छन् ।

अस्ट्रेलियामा स्थायी बसोबास गर्न पाउने पिआर भिजा अहिलेको बेलामा लगभग सबै जसो अन्तरास्ट्रिय बिद्यार्थीहरुको लागि अत्यन्तै चासोको बिषय बनेको छ ।

तास्मानिया आएर यहाँको मनोनयन मापदन्ड पूरा गरेर मात्र पिआर भिजा प्राप्त गर्न सकिन्छ भन्ने कुराको बिश्वास गरि तास्मानियामा बसाइ सर्नु भन्दा पनि पहिले आफुले आफैलाई कसरी तास्मानिया राज्यको लागि चाहिने एउटा दक्ष जनसक्तीको रुपमा बिकास गर्न सकिन्छ भन्ने कुरा मुख्य हुन आउछ ।

अष्ट्रेलियाको मुख्य सहरहरु सिड्नी, मेलबर्न र ब्रिसबेनमा अध्यन गर्ने र बसोबास गर्ने अन्तरास्ट्रिय बिद्यार्थीहरुका लागि अष्ट्रेलियन सरकारले पिआर भिजाका लागि अलि कडाइ गरे सँगै हाल अष्ट्रेलियाका मुख्य सहरमा अध्ययन गर्ने र बसोबास गर्ने धेरै जसो बिद्यार्थीहरु अष्ट्रेलियाको रिजनल क्षेत्रमा बसाइ सर्ने र अध्ययन गर्ने क्रम बढ्दो छ ।

पिआरको लागि सजिलो तास्मानिया

अष्ट्रेलियाको सबै जसो स्टेटका मुख्य सहर भन्दा बाहिरका केही क्षेत्रहरुलाई रिजनल क्षेत्रमा समाबेस गरेता पनि ती क्षेत्रहरुमा पिआर भिजाहरु १९० अथवा ४९१ का लागि पूरा गर्नु पर्ने आवश्यक्ताहरु भने सोचे जस्तो सजिलो नभएको ग्लोबल मार्क एजुकेसन एन्ड भिजा सर्भिसेजका रजिस्टर्ड माइग्रेसन एजेन्ट उज्वल श्रेस्ठ अनुभव छ ।

त्यसकारण अन्य राज्यहरुको तुलनामा स्थायी बसोबास भिजा प्राप्त गर्न अष्ट्रेलियाको तास्मानिया राज्यमा केही सजिलो भएको कारण अहिले अन्य बिभिन्न राज्यहरुबाट हजारौको संख्यामा अन्तरास्ट्रिय बिद्यार्थीहरु तास्मनिया आउने गरेको उज्वल श्रेष्ठ को भनाइ छ ।

सन् २०५० सम्ममा तास्मानियन राज्य बिकास बिभागले अपेक्ष्या गरे अनुसार तास्मनियाको जनसंख्या छ लाख पचास हजार पुराउने उद्देश्य अनुसार हाल राज्यले अन्तरास्ट्रिय बिद्यार्र्थीहरुकालागि पिआर भिजा प्राप्त गर्नु पर्ने आवश्ययक्ताहरु अन्य राज्यहरु भन्दा फरक र सहज बनाएको छ ।

अन्य राज्यहरु भन्दा सजिला आवश्ययक्ताहरु पूरा गर्नु पर्ने भएको कारण हाल तास्मानियामा बसाइ सर्ने र पिआर भिजाको लागि आबेदन दिने बिद्यार्थीहरु को संख्यामा निकै नै वृद्धि भएको छ । तर पनि अष्ट्रेलियन केन्द्रीय सरकारले यहाँको विभिन्न राज्यलाइ पिआर भिजाको लागि दिने सिमित कोटाको कारण सबै पिआर भिजा आबेदकहरुले पिआर पाउन भने सम्भब छैन ।

तास्मानियामा पिआर प्राप्त गर्न पूरा गर्नु पर्ने आवश्ययक्ताहरु अन्य राज्यहरुमा भन्दा सजिलो त छ तर पनि आवश्ययक्ताहरु पूरा गर्दैमा पिआर प्राप्त भैहाल्छ भन्ने चाहिँ छैन । तास्मानिया आएर पनि पिआर प्राप्त गर्नका लागि अझ सक्ष्यम हुन आवश्यक देखिन्छ ।

तास्मानिया आउनु अघि ख्याल गर्नुप पर्ने कुराहरु

राज्य बिकासका निम्ती तास्मानियाले आफ्नो राज्यमा सहि दक्ष्य जनसक्तीको पहिचान गरेर त्येस्ता ब्यक्तिहरुलाई मात्र स्थायी बसोबासको लागि मनोनयन गर्ने र अध्यागमन बिभागलाई भिजा आबेदनका लागि अनुरोध गर्ने गर्दछ । तसर्थ तास्मानिया आएर यहाँको मनोनयन मापदन्ड पूरा गरेर मात्र पिआर भिजा प्राप्त गर्न सकिन्छ भन्ने कुराको बिश्वास गरि तास्मानियामा बसाइ सर्नु भन्दा पनि पहिले आफुले आफैलाई कसरी तास्मानिया राज्यको लागि चाहिने एउटा दक्ष जनसक्तीको रुपमा बिकास गर्न सकिन्छ भन्ने कुरा मुख्य हुन आउछ ।

तास्मानिया राज्यको पछिल्लो जानकारी अनुसार तास्मानियाको दक्ष्य जनसक्तिको सुचिमा आउने पेसाहरु भनेको तास्मानियाले निकालेको दक्ष पेशाको सुचिमा रहेका विषयहरुको अध्ययन तथा स्वास्थ्य क्षेत्रमा काम गर्ने स्वास्थकर्मीहरु जस्तै डक्टर, नर्स, सहयोगी नर्स, एज्ड केयर तथा डिसएबिलिटि क्षेत्रमा ब्यक्तिगत हेरचाहा गर्ने सहयोगीहरु, इन्जिनीयर, कुक, सेफ, पर्यटन एवं हस्पिटालिटी क्षेत्रमा काम गर्ने, सामुदायिक सेवामा काम गर्ने एवं भवन तथा निर्माण सम्बन्धी काम गर्ने पेशाहरु हुन ।

स्थायी बसोबास भिजा प्राप्त गर्न चाहाने बिद्यार्थीहरुकालागी तास्मानिया सबै भन्दा उत्ततम तथा सजिलो गन्तव्य बन्न सक्छ तर पनि यहाँ बसाइ सर्नु भन्दा पहिला, यहाँ पिआर प्राप्तिका लागि पूरा गर्नु पर्ने आबस्यकताहरु के के हुन, आबस्यकता पूरा गरेर आफैलाई कसरी तास्मानियाको लागि चाहिने दक्ष जनशक्तिको रुपमा बिकास गर्न सकिन्छ भन्ने कुराको बारेमा गहिरो अध्ययन गर्ने र आवश्यक्ता परे आधिकारिक र अनुभबी माइग्रेसन एजेन्ट एवं शैक्षिक परामर्शदाताहरुसँग उचित सल्लाहा लिनु पर्ने हुन्छ ।

लेखक ग्लोबल मार्क एजुकेसन एन्ड भिजा सर्भिसेज, तास्मानियाका निर्देशक हुन् ।