MENU

मकवानपुर कम्युनिटी अस्ट्रेलियाद्धारा सिड्नीमा रक्तदान

Makawanpur Community Australia (MCA) organised blood donation at Syndye on Sunday 8 November 2020

सिड्नी । मकवानपुर कम्युनिटी अस्ट्रेलियाको आयोजनमा सिड्नीमा रक्तदान कार्यक्र सम्पन्न भएको छ ।

संस्थाले आईतबार ८ नोभेम्बरमा रेडक्रसको सिड्नी टाउनहलमा रहेको ब्लड डोनर्स सेन्टरमा उक्त रक्तदान कार्यक्रम गरेको संस्थाका अध्यक्ष राजकुमार अधिकारीले जानकारी दिए । आइतबार ११ जनाले रक्तदान गरेका थिए जसमध्ये दुई जनाको प्लाज्मा मात्र दान गरिएको थियो ।

जीवनदान रक्तदान भन्ने भावनाले समुदायले हरेक वर्ष रक्तदान गर्ने संस्थाका उपाध्यक्ष बिरोध थिङले बताए । अहिले कोरोना भाइरसको कारण रगतको अभाव भएको भनेर रेड क्रसले सार्वजनिक रुपमा आहवान गरेकोले पनि यो कार्यक्रम गरिएको हो ।

आईतबार रक्तदान गर्नेहरुमा बिराेध थिङ, सृजना बिष्ट, राजकुमार अधिकारी, बिनोद मैनाली, अमृत कुमार आचार्य, बिशम गौतम, अन्जना ढकाल, शौरभ रुपाखेती, अमृत मैनाली, परमेश्रवर पारजुली र शौरभ बानीया रहेका छन् ।

नेप्लिज ब्लड डोनर्स एसोसिएसन अस्ट्रेलिया सँगको सहकार्यमा यो कार्यक्रम भएको हो ।