MENU

एमसीसी सम्झाैता संसदबाट अनुमोदन गराउन गठबन्धनका शीर्ष नेता सहमत

अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) संसदबाट अनुमोदन गराउन
सत्तारूढ गठबन्धनका शीर्ष नेताहरू सहमत भएका छन् ।

शनिबार प्रधानमन्त्री निवासमा भएको शीर्ष नेताहरूको छलफलमा नेताहरू एमसीसी संसदबाट अनुमोदन गराउन सहमत भएका हुन् ।

नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले एमसीसी अनुमोदन गराउन शीर्ष नेताहरु सहमत भएको बताए ।

गठबन्धनमा रहेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल पनि एमसीसी अनुमोदन गराउन सहमत भएको उनले बताए ।

‘उहाँहरु (प्रचण्ड र माधव नेपाल) एसीसी पारित गर्न नकरात्मक हुनुहुन्न’, उनले भने ।

शनिबार दुई चरणमा बसेको गठबन्धनको बैठकले जेठमा स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरेको थियो । उक्त बैठक सकिएपछि शीर्ष नेताहरू छलफल गरेर एमसीसी बारे सहमती जुटाएको पौडेलले बताए ।

‘अमेरिकाले दिएको अनुदान हामीले फिर्ता गर्न सक्छौं कि सक्दैनौ ? सक्ने हो भने त्यो आँट गर्नुपर्‍याे । नगर्ने हो भने झुलाएर राखेर हुँदैन त्यो पास गर्नुपर्‍याे भन्ने कुरा भएकाे हो’, पौडेलले भने, ‘एमसीसी पास गर्ने कुरा सकरात्मकतिर जाँदैछ । तर, केही दिन गृहकार्य गरेर पास गर्ने भन्ने कुरा छ ।’