MENU

मेलबर्नमा अन्तर्राष्ट्रिय म:म: महोत्सवको हुने

मेलबर्न, अस्ट्रेलियामा धेरैले नेपाली म:म: चाखेका वा यसको बारेमा सुनेका छन्। तर अन्य देशका म:म: बारे चाहिँ कत्तिको थाहा छ?

 

 

नेपाली म:म: बारे थाहा पाएकाहरूले अब विभिन्न देशका म:म: का परिकार एकै स्थानमा पाउने छन्।

नेपाली रेस्टुरेन्टहरूको सङ्ख्यामा वृद्धि भएसँगै नेपाली बाहेकका समुदायमा पनि म:म: चिरपरिचित छ।

 

 

सन् २०१७ देखि नै म:म: महोत्सव आयोजना गर्दै आएको सोलाङ्ग्चर का राजु शाक्यले एसबीएस नेपालीसँग कुरा गर्दै म:म: फेस्टिभलको सुरुवात अस्ट्रेलियाली समुदाय माझ नेपाली म:म: चिनाउने उद्देश्य राखेर गरिएको बताएका छन्। 

 


मेलबर्न कप भन्दा एक दिन अगाडी अर्थात् नोभेम्बर ४ का दिन आयोजना हुने डम्प्लिंग महोत्सव क्विन भिक्टोरिया मार्केटमा हुनेछ।

 

 

महोत्सवमा मेलबर्न कप हेर्न आउने मानिसहरू आकर्षित हुन सक्ने भन्दै शाक्यले समग्र मेलबर्न सहरको प्रचार गर्न पनि मेलबर्न अन्तर्राष्ट्रिय डम्प्लिंग फेस्टिभल सहयोगी हुनसक्ने विश्वास व्यक्त गरे।

 

 

डम्प्लिंग भन्ने बित्तिकै चिनिया वा जापानी भनेर बुझिने गरेकोमा नेपाली म:म:लाई अस्ट्रेलियाली माझ चिनाउन म:म: महोत्सवले भूमिका खेलेको विचार विश्वास व्यक्त गर्छन् शाक्य।

 

 

तर यस पटक भने नेपाली म:म: मात्र नभएर अन्य समुदायमा के कस्ता डम्प्लिंग पाइन्छ त भनेर चखाउने र चिनाउने उद्देश्यले अन्तर्राष्ट्रिय डम्प्लिंग महोत्सवको आयोजना गरिएको शाक्यले बताए।

 

साभारः एसबीएस नेपाली