MENU

सिड्नीमा मानसिक स्वास्थ्य प्राथमिक उपचार तालिम सम्पन्न

Mental Health First Aid Training at Auburn

सिड्नी । अस्ट्रेलिया नेपाल पब्लिक लिंकको आयोजना तथा नेप्लिज अस्ट्रेलिएन एसोसिएसनको सहकार्यमा दुईदिने मानसिक स्वास्थ्य प्राथमिक उपचार (मेन्टल हेल्थ फस्ट एड) तालिम सिड्नीको अबर्नमा सम्पन्न भएको छ ।

तालिममा पश्चिम सिड्नीका बिभिन्न सवअर्वमा बसोवास गर्ने १३ जना नेपालीहरुले भाग लिएका थिए ।

कार्यक्रम स्थलमा सहभागि भएर मेम्बर फर ग्रेनभिल जुली फिनले तालिमको सफलताके शुभकामना दिएकी थिइन ।

नेप्लिज अस्ट्रेलिएन एसोसिएसनकी उपाध्यक्ष निशा श्रेष्ठले भनिन, “तालिमले समुदायमा कसैलाई मानसिक समस्या भए त्यसको पहिचान गर्न र उपाचरको लागि बाट देखाउन मद्दत गर्ने आशा गरेका छौ ।”

सन् २०१६ देखि अस्ट्रेलिया नेपाल पब्लिक लिंकले नेपाली समुदायको लागि मेन्टल हेल्थ फस्ट एड तालिम संचालन गरिरहेको छ ।

संस्थाका संस्थापक अध्यक्ष एवं मेन्टल हेल्थ फस्ट एड प्रशिक्षक भरत नेपालका अनुसार अहिले सम्म अस्ट्रेलियाका बिभिन्न राज्यहरुमा गरेर चार सय जना भन्दाबढीले यो तालिम लिइसकेका छन् ।

नेपालले भने, “समुदायमा मानिसिक स्वास्थ्यको समस्या भएकाहरुको पहिचान र सेवामा पहुँचको लागि यो तालिम आवश्यक छ ।” नेपालले भने, “मानसिक समस्या भएकाहरुले मात्र यो तालिम लिने भन्ने गलत बुझाइको कारण अझै धेरै सहभागि तालिममा आकर्षित हुन सकेका छैनन् ।”

तालिममा एन्जाइटी डिस्अर्डर, डिप्रेसन, साइकाेसिस र सब्टेन्स युज डिस्अर्डर जस्ता बिषयहरूकाे साथै कसरी मनसिक प्राथमिक उपचार दिने लगाएतका बिषयमा केन्द्रित थियाे ।

नेपलका अनुसार भिक्टोरिया, अस्ट्रेलियन क्यपिटल टिरटोरी, तास्मानिया लगाएतका राज्यहरूमा पनि तालिम संचालन भैसकेका छन् ।

यदि तपाई या अरु कसैलाई मानसिक समस्या सम्बन्धित तत्काल  सहायता चाहिएको छ भने निम्न स्थानमा फोन गर्न सक्नुहुन्छ ।

Lifeline: 131114
Kids Helpline: 1800551800
Mensline Australia: 1300 7899 978
Sucide call Back serive: 1300 659 467
Beyound Blue: 1300 22 4636
Headspace: 1800650890

याे पनि पढ्नुहाेस् ।

‘थारु सोसाइटी सिड्नी अस्ट्रेलिया’ को अध्यक्षमा दीपनारायण चौधरी चयन