MENU

‘थारु सोसाइटी सिड्नी अस्ट्रेलिया’ को अध्यक्षमा दीपनारायण चौधरी चयन

Newly Elected Executive Committee of Tharu Society Sydney Australia

सिड्नी । नेपालको बिभिन्न स्थानबाट आएर अष्ट्रेलियामा बसोवास गर्दै आएका नेपालका आदिवासी थारुहरुको संस्था ‘थारु सोसाइटी सिड्नी अष्ट्रेलिया’ को अध्यक्षमा दीपनारायण चौधरी चयन भएका छन् ।

जुन २० आइतबार सिड्नीको रकडेलमा भएको साधारणसभाले उपाध्यक्षमा साइमान चौधरी र निमेष लेखी चुनेको छ । यस्तै महासचिवमा पृथ्वी चौधरी, सहसचिवमा सोफिया चौधरी, कोषाध्यक्षमा रिन्कु चौधरी र सहकोषाध्यक्षमा शिशिर चौधरी रहेका छन् ।
दुई सदस्यहरु थप सहित पुरानै कार्यसमितिलाई निरन्तरता दिएको संस्थाको कार्यसमिति सदस्यहरुमा रितु चौधरी, मुक्ति नारायण चौधरी, सुमन चौधरी, सन्तोष चौधरी, मधुकर चौधरी, रञ्जना चौधरी, अविनाश चौधरी, उपाशना चाैधरी र संध्या चाैधरी रहेका छन् ।

त्यस्तै संस्थाले महिला सहभागिता बढाउनको लागि संयोजकमा मिश्रा कुमारी चौधरी र सहसंयोजकमा सुनिता चौधरी, जन सम्पर्क अधिकारीमा अरुण चौधरी, साँस्कृतिक सचिवमा मनोरमा चौधरी, खेलकुद सचिवमा बिनय चौधरी र सुचना प्रविधि संयोजकमा उमेश चौधरी चयन गरेको छ । यस्तै बरिष्ट सल्लाहकार रामेश्वर चौधरी र सल्लाहकारमा सुकई चौधरी र दुर्गानन्द चाैधरी रहेका छन् ।

साधारणसभा जन सम्पर्क अधिकारी अरुण चौधरीको स्वागत मनतव्य बाट शुरु भएको थियो भने महासचिब पृथ्वी चौधरीले संस्थाको स्थापना भएदेखीको सम्पूर्ण कार्य बिबरण प्रस्तुत गरेका थिए । संस्थाले गरेका हरेक कार्यक्रमको आय व्यय कोषाध्यक्ष रिंकु चौधरीले प्रस्तुत गरेकी थिइन ।

संस्थालाई अझै सवल बनाउदै थारू समुदाय तथा बिधार्थीमा थप  सहयोग बढाउँदै संस्थालाई बृहत रुपमा अगाडी लैजाने अध्यक्ष दिपनारायण चौधरीले नेप्लिज अस्ट्रेलिएनलाई बताए ।

याे पनि पढ्नुहाेस् ।

सिड्नीमा मानसिक स्वास्थ्य प्राथमिक उपचार तालिम सम्पन्न