MENU

बिद्यार्थीको रोजाईमा क्यानबेरा; नयाँ नियमले पीआरको सपना पुरा गर्ला ?

अस्ट्रेलियाको अध्यागमन बिभागले हरेक बर्ष  स्टेट र टेरीटोरीहरुलाई केहि निश्चित कोटाहरु ग्रामिण तथा राज्यस्तरिय भिसाका लागि छुट्याउने गर्दछ, जस अन्तर्गत यसपाली ढिलै गरेर भएपनि सन् २०२०/०२१ आर्थिक बर्षकालागि केहि सिमित कोटाहरुमा नोमिनेशन प्रदानगर्नका लागि स्वीकृत गरिसकेको छ ।

प्रतिवर्ष १४ सय नोमिनेशन प्रदानगर्ने “अस्ट्रेलियन क्यापिटल टेरीटोरि माईग्रेसन सर्भिसेस” ले आगामी आर्थिक बर्षका लागि यस राज्यबाट कुन आधारमा नोमिनेशन प्राप्त गर्न सकिन्छ भन्ने गाइडलाइन, परिमार्जन सहित भर्खरै मात्र प्रकाशन गरेको छ ।

क्यानबेरा जानको लागि तयारी गरिरहेका र त्यहाँ पुगीसकेर अब के गर्ने अनि कसरी अगाडी बढ्ने भनेर अलमलमा पर्नुभएका सम्पूर्ण नेपाली बिधार्थी र भावी निवेदकहरुलाई सहयोग पुगोस भन्ने हेतुले यो जानकारी लेख प्रकाशित गरिएको हो।

क्यानबेरा नै किन  ?

सन् २०१९ को मार्चमा अस्ट्रेलियाको संघीय सरकारद्वारा गरिएको निर्णय बमोजिम अष्ट्रेलियाको बिभिन्न ग्रामिण क्षेत्रहरुमा स्किल्ड कामदारहरूको माग पूर्ति गर्न, बढ्दो शहरीकरणबाट उत्पन्नहुन सक्ने सम्भावित खतरालाई मध्यनजर गर्दै, मुख्य सहरहरू भन्दा अन्य सहरहरुमा र ग्रामीण क्षेत्रमा सजिलो र आकर्षक भिसा प्रणालीको सुरुवात गरेको छ।

यसले गर्दा मुख्य सहरहरुमा जनसङ्ख्याको चाप कम र अन्य क्षेत्रमा जनसङ्ख्याको वृद्धिसँगै आर्थिक अनि सामाजिक क्षेत्र लगायत दिगोविकासमा टेवा पुग्ने विश्वास अष्ट्रेलियन सरकारको छ।

क्यानबेरा अस्ट्रेलियाको ग्रामिण शहर अन्तर्गत पर्न गएकाले एसीटी राज्यबाट प्रदान गरिने सबक्लास १९० भिसा र यसै क्षेत्रबाट प्रदान गरिने सबक्लास ४९१ भिसा र बिधार्थिहरुको हकमा पढाई सकेपछि मुख्य शहरहरुबाट भन्दा एक बर्ष ज्यादा काम गर्ने अनुमती पाउने आशामा क्यानबेरा स्थानान्तरण हुने क्रम दिना नुदिन बढ्दो छ ।

अष्ट्रेलियाको राजधानी शहर तर ग्रामीण क्षेत्र भएकाले अन्तर्राष्ट्रिय विद्यार्थीहरूको र स्थायी बसोबासको लागि भिसा लिन आउनेहरूको गन्तव्य शहरनै बनेको छ, क्यानबेरा। प्रमुख शहर सिड्नीबाट ३ घण्टा भन्दा पनि कम समयमा पुग्न सकिने, सरकारी एवं गैरसरकारी कामको लागि क्यानबेरा एउटा महत्वपूर्ण गन्तव्यकोको रुपमा हेरिन्छ।

क्यानबेरा स्थित अस्ट्रेलियन नेसनल युनिभर्सिटी अष्ट्रेलियाको सबैभन्दा उत्कृष्ट विश्वविद्यालय भएकाले विश्वभरका विद्यार्थीको लागि एउटा उत्कृष्ट र आकर्षणको केन्द्र हो, क्यानबेरा। शान्त र सुन्दर मात्र होइन सामाजिक आर्थिक र वातावरणीय दृष्टिकोणले पनि क्यानबेरालाई आकर्षक स्थलकोरुपमा लिइन्छ ।

आर ई ए ग्रुपको “लाइफ इन अस्ट्रेलिया” रिपोर्टका अनुसार लगातार तीन वर्षसम्म क्यानबेरालाई अस्ट्रेलिया प्रायदिप भित्रको एक उत्कृष्ट र बस्न योग्य शहरको रुपमा समेत मूल्यांकन गरेको छ ।

यस राज्यबाट राज्यस्तरीय र ग्रामीण स्तरीय गरी दुई भिन्न प्रकारका स्किल्ड माइग्रेसन भिसाका लागि नोमिनेशन प्रदान गर्ने गरेको छ । नोमिनेशन प्रक्रिया सहज र पारदर्शी बनाउनका लागि यस राज्यले अष्ट्रेलियामा नै पहिलो पटक  मेट्रिक्स सिस्टमबाट नोमिनेशन प्रदान गर्ने बिल्कुलै नयाँ अनि बैज्ञानिक प्रक्रियासन २०१८ बाटनै सुरुगरेको हो ।

मेट्रिक्स सिस्टम के हो ?

एसिटि राज्यबाट पर्मानेन्ट रेसिडेन्सी (सब क्लास १९०) र प्रोभिजनल पर्मानेन्ट रेसिडेन्सी (सब क्लास ४९१) भिसा प्रदानगर्नका लागि राज्य संयन्त्रबाट राज्यलाई आवश्यक पर्ने स्किल्ड अकुपेशनहरु हरेक वर्ष निर्धारण गर्ने गर्दछ र अकुपेशन लिस्ट प्रकाशन गर्ने गर्दछ । र सोही स्किल्ड अकुपेशन लिस्टको आधारमा नै यस क्षेत्रका लागि भिसा नोमिनेशन दिने गर्दछ।

विशेषतः मेट्रिक्स सिस्टमले स्किल्ड अकुपेशन लिस्टको ओपन अकुपेसनमा रहेका निबेदकहरुको लागि विशेष ग्राह्यता दिने गर्दछ। निवेदकको हालको भिसा स्टाटस र उसको अकुपेशन नै सबै भन्दा महत्वपूर्ण कडी मानिन्छ। त्यसै गरी क्यानबेरामा अध्ययन गरेको समय, बसोबास गरेको समय, अंग्रेजी भाषाको दक्षता, कार्यक्षेत्र र कार्य अवधि मुख्य मानकको रुपमा पर्दछन्।

त्यसकासाथै आफ्नो श्रीमान वा श्रीमतीको काम, शैक्षिक योग्यता र अंग्रेजी भाषाको दक्षताबाट पनि थप पोइन्ट्स लिन सकिन्छ र आफ्नो परिवारका सदस्यहरु क्यान्बेराका स्थायी बासिन्दा भएमा पनि थप पोइन्ट्स पाउन सहयोग पुर्याउदछ ।

स्किल सेलेक्ट, ई ओ आई  र क्यानबेरा मेट्रिक्स सिस्टम

अष्ट्रेलियामा जनरल स्किल्ड माइग्रेसन भिसा लिनका लागि निवेदकले स्किल सेलेक्टमा गई आसय पत्र एक्सप्रेसन अफ इन्ट्रेस लज गर्नुपर्ने हुन्छ स्किल सेलेक्ट एप्लिकेसनमा कम्तीमा पनि ६५ पोइन्ट्स पुगेकाले मात्र एसिटि राज्यबाट स्किल्ड माइग्रेसन भिसाको लागि योग्य ठहर्छन् ।

स्किल सेलेक्टको एक्सप्रेसन अफ इन्ट्रेस र क्यानबेरा मेट्रिक्स सिस्टम दुई फरक निवेदनहरु हुन् र यस राज्यमा भिसा लिन चाहनेहरुले यी दुबै निवेदनहरु लज गर्नुपर्ने हुन्छ ।

क्यानबेरा मेट्रिक्स सिस्टमबाट नोमिनेशन कसरी आउँछ त ?

एसीटीमा ईमिग्रेसन सर्भिसेसले प्रायजसो हरेक महिना दुईपटक र कम्तिमा पनि एक पटक निवेदकले लज गरेको मेट्रिक्स स्कोरको आधारमा आवश्यक कागजातहरु पेश गर्नका लागि निमन्त्रणा गर्दछ । आफुले दावी गरेको पोइन्ट्स अनुसारको सम्पूर्ण कागजातहरु पेश गर्नुपर्ने र निवेदनको लागि ३०० डलर तिर्नुपर्ने हुन्छ ।

यसरि निबेदन पेशगरेको बढीमा पनि एक महिनाको अन्तरालमा एसीटी राज्यबाट भिसाको लागि नोमिनेशन प्राप्त गर्न सकिन्छ । र  उक्त नोमिनेसनको आधारमा दुई महिनाको समय भित्र भिसाको लागि आबेदन दिईसक्नु पर्ने हुन्छ, अन्यथा उक्त नोमिनेसन खारेज हुन्छ र नयाँ प्रक्रिया सुरु गर्नुपर्ने हुन्छ।

क्रिटिकल सेक्टर अकपेसन लिस्ट

कोभिड १९ का कारणले गर्दा यस क्षेत्रलाई आवश्यक पर्ने स्किल्ड अकुपेसन लिस्टमा चाहिँ परिवर्तन गरिएको छ। क्यानबेरालाई यस कठिन अवस्थामा आवश्यक परेका र पर्न सक्ने केहि सिमित अकुपेसनहरुलाई मात्र ग्राहयता दिइएको छ । जुन परिवर्तनीय छ,  भनिएको छ । जस्तै:  अकाउन्टेन लाई थपेको छ भने वेभ डेभलपर र इनरोल नर्स, हालको क्रिटिकल सेक्टर स्किल्ड अकुपेसन लिस्टमा अटाएका छैनन् ।

अक्टोबरमा हुने बजेट भाषणले अबको माइग्रेसन इन्डस्ट्री कता जान्छ भन्ने मार्ग निर्देशन पक्कै गर्ने छ तर सुशुप्त आवस्थामा पुगिसकेको यो क्षेत्र र यसको अपडेटको प्रतिक्षामा ब्यग्र निवेदकहरुलाई केहि समयको लागि भएपनि राहतको श्वास र झिनो आसाको किरण पक्कै पनि जगाएको छ।

एसिटि राज्यबाट दिने पर्मानेन्ट रेसिडेन्सी (सब क्लास १९०) र प्रोभिजनल पर्मानेन्ट रेसिडेन्सी (सब क्लास ४९१) भिसाका प्रावधानहरु

१९० भिसाको लागि नोमिनेसन हुनु अगाडि कम्तीमा पनि ६ महिना क्यानबेरा वावरपरको क्षेत्रमा बसेको हुनुपर्ने र क्यानबेरामा नै कम्तिमा पनि हप्ताको ३५ घन्टाको दरले ६ महिनासम्म काम गरेको हुनुपर्ने र निवेदकको स्किल एसेस्मेन्ट राज्यको क्रिटिकल सेक्टर अकुपसन लिस्टमा हुनु पर्दछ ।

सब क्लास ४९१ भिसाको हकमा भने निवेदक कम्तिमा पनि ३ महिना देखि यस क्षेत्रमा बसोबास गरेको, निवेदकको स्किल एसेस्मेन्ट राज्यको क्रिटिकल सेक्टर अकुपसन लिस्टमा हुनुपर्ने र कम्तीमा पनि तीन महिनासम्म २० घण्टा प्रति हप्ताका दरले काम गरेको हुनु पर्दछ ।

सबक्लास ४९१ भिसा विद्यार्थी भिसामा रहेका निबेदकहरुका लागि आकर्षक भिसाका रुपमा लिइन्छ किन किक्रिटिकल सेक्टर अकुपसन लिस्टमा रहेका तर विद्यार्थी भिसामा रहेका निबेदकहरुले पनि भिसाका लागि आवेदन भर्न सक्छन ।

अर्को महत्वपुर्ण र चाख लाग्दो कुरा के छ भने, अस्ट्रेलियाका अन्य राज्यहरुमा स्किल सेलेक्टको ई ओ आई   पोइन्ट्सका आधारमा नोमिनेशन प्रदान गरिने हुँदा सबैभन्दा धेरै पोइन्ट्स भएकाले मात्र नोमिनेशन प्राप्त गर्ने गर्दछन । तर क्यन्बेराको हकमा भने स्किलसेलेक्ट  ई ओ आई  को पोइन्ट्स ६५ मात्र पुगेपछि, यदि निवेदकको अकुपेशन, क्रिटिकल सेक्टर अकुपसन लिस्टमामा छ भने ई ओ आई  मा धेरै पोइन्ट्स जम्मा गर्ने झन्झट भने गर्नु पर्दैन ।

सजिलोका लागि तल प्रस्तुत गरिएको उदाहरण हेरौं:

Position: Civil Engineer from Sydney, master’s degree holder moved to Canberra last year, works as Engineer, English 7.0.  Wife English 7.0 bachelor’s degree from NepalPosition: Registered Nurse Canberra, single, studied in Canberra, just finished degree and has registration and skill assessment, working in a supermarket. Single applicant living since last three years. English: 7.0
Critical sector occupation:20

Occupation related job: 20

Critical sector occupation: 20

Occupation related job: –

English: 10

Wife English and qualification:10

English: 10

Single: –

Canberra resident: 5

Worked for fulltime one year: 10

Canberra resident (3 years); 15

Worked one year: 10

Master’s degree: 15

Total: 90 points (Nomination for sc190 granted)

Bachelor’s degree: 10

Studied 3 years in Canberra: 15

Total points: 80 points (nomination for sc190 granted)

सत्यता भ्रम

बजार भरि छरपष्ट अनाधिकृत गलत परामर्शदाताहरूको फ्रि परामर्शमा विश्वास गरेर, लहैलहैमा लागेर र भ्रममा परेर धेरै जसो सीपयुक्त  अनि योग्यता भएका निवेदकहरु योग्य हुँदाहुँदै पनि नोमिनेसन नपाएर पुनःविद्यार्थीभिसामा भौतारी रहेको देखिन्छ।

तसर्थ सम्पूर्ण निवेदक अनि आकांक्षीहरुले आफुले पनि खोज र अनुसन्धान गर्नुपर्छ, अनि कता फ्री परामर्श पाइन्छ होइन, को सँग परामर्श लिँदा उपयुक्त हुन्छ, अद्यावधिक र आधिकारीक हुन्छ भन्ने कुरामा विचार पुर्याउनु पर्ने देखिन्छ। जसका लागि www.mara.gov.au लिङ्कमा गएर परामर्शदाता दर्तावाल हो या हैन आफै थाहा पाउन पनि सकिन्छ।

लेखक  बिक्रम सुबेदी विगत १० वर्षदेखि क्यानबेरा क्षेत्रका बासिन्दा अनि रेजिस्ट्रर्ड माइग्रेसन कन्सलटान्ट हुनुहुन्छ।  (MARN: १८०२९७९)

 (यस लेखमा प्रकासित बीचारहरु लेखकका नीजि हुन् । अस्ट्रेलियाको अध्यागमन नियम परिवर्तनशील छ। यस लेखमा प्रस्तुत गरिएका सम्पूर्ण सुझाबहरु प्रकाशित मिति सम्मका लागि मात्र अध्यावधिक मान्न सकिन्छ। कुनै पनि भिसा सम्बन्धि निर्णय लिनुअघि आफ्नो रेजिस्ट्रर्ड माइग्रेसन कन्सलटान्टसंग सम्पर्क राख्न अनुरोध गरिन्छ।)

याे पनि पढ्नुहाेस ।

https://nepaleseaustralian.com.au/archives/4577