MENU

मोना अस्ट्रेलियाको अध्यक्षमा ईन्द्र थापा मगर चयन

सिड्नी । मोना अस्ट्रेलियाको १२ औं साधारण सभा तथा छैठौं (६) अधिवेशनबाट २०२० – २०२२ को लागि सर्वसम्मत रुपमा ईन्द्र थापा मगरको अध्यक्षतामा १६ सदस्यिय कार्य समिती चयन भएको छ । नव गठित कार्यसमितीको उपाध्यक्ष शुसन श्रेष्ठ, महासचिब लक्की श्रेष्ठ, सचिब दिनेश खत्री, कोषाध्यक्षमा सुमन बानियाँ र सह कोषध्यक्ष लुकेश राम्जाली चुनिएका छन् ।

यस्तै अन्य कार्यसमिति सदस्यहरुमा निशा केसी, केशु पुन, सुभाष रोका, शन्दिप खत्री, अनिल बानियाँ, मुक्ति सुबेदी, सन्तोष क्षेत्री, गोकुल भण्डारी, तेज शुभाष भण्डारी र हिक्मत श्रेष्ठ रहेका छन् ।

अधिबेसनको उद्घघाट्न गर्दै मोना आईसीका सचिब प्रमुख अतिथी हरी राम्जालीले परिबर्तित समय र सन्दर्भ संगै मोनामा पनि अब युवाहरुको नेतृत्व आबश्यक रहेको र युवाहरुको नेतृत्व संगै संस्थाले गति लिने भएकोले म्याग्देली युवाहरु मोनामा संगठित हुन आब्हान गरेका थिए ।

यसै गरी मोना अस्ट्रेलियाका निबर्तमान अध्यक्ष मुक्ति रोकाले आफ्नो कार्यकालमा सहयोग सद्भाब राख्ने सबैलाई धन्यबाद दिदै संस्थाको दिगो बिकास र निरन्तरताको लागि एक जुट हुन अनुरोध गरेका थिए । यस्तै अतिथिको रुपमा एन आर एन अस्ट्रेलिया युथ कोआर्डिनेटर इर्शाद अहमद कार्यक्रममा उपस्थित भएका थिए ।

मोना अस्ट्रेलियाका निबर्तमा अध्यक्ष मुक्ति रोकाको अध्यक्षता तथा माधब सुबेदीको संचालनमा सम्पन्न कार्यक्रममा संस्थाका नवनिर्बाचित अध्यक्ष ईन्द्र थापा मगरले मोना अस्ट्रेलियाले यहाँ बस्ने सबै म्याग्देलीको अभिभाबकिय भुमिका निर्बाह गर्ने यसका लागी सबै शहरहरुमा संस्थाको शाखाहरु तत्काल गठन गर्ने बताएका थिए ।

साथै जिल्लामा पर्ने हरेक खालका अफ्ठ्यारा परिस्थितिमा आगमी दिनहरुमा संस्थाको आफ्नै स्थापित कोषबाट आबश्यक क्षेत्र, समुदाय या ब्यक्तिको हातमा पुग्ने गरी संस्थागत निर्णयको आधारमा सहयोग गर्ने समेत प्रतिबद्दता ब्यक्त गरेका थिए ।