MENU

म्यानमारमा नेतृ आङ सान सुकी र राष्ट्रपति पक्राउ

एजेन्सी / म्यानमारको सत्तारुढ दल न्यास्नल लिग फर डेमेक्रेसी (एनएलडी)की नेतृ आङ सान सुकी राष्ट्रपति विन मिन्ट सहित प्रदेशका राज्यमन्त्रीहरुलाई त्यहाँको सेनाले पक्राउ गरेको छ ।

सेनाले सत्ता आफ्नो कब्जामा लिने आशंकाका कारण सरकार र सेनाबीच बढिरहेको तनावकै बीच सेनाले सुकी र राष्ट्रपति लगायत प्रदेशका मुख्य मन्त्रीहरुलाई पक्राउ गरेको एनएलडीका प्रवक्ताले जनाएका छन् ।

गत वर्षको नोभेम्बरमा भएको निर्वाचनमा एनएलडी पार्टीले सरकार गठनका लागि आवश्यक सिट हात पारेपनि सेनाले भने निर्वाचनमा धाधली भएको बताएको छ । म्यानमार यस अघि सन् २०११ सम्म सेनाबाट संचालित थियो र सुकीले लामो समय नजरबन्दमा विताएकी थिइन् ।
यता सोमबार हुन लागेको तल्लो सदनको बैठकलाई पछाडी धकेल्न सेनाले सरकारलाई आह्वान गरेको छ ।

एनएलडीका प्रवक्ता मियो न्यून्टले रोयटर्सलाई दिएको जानकारी अनुसार पार्टी अध्यक्ष विन मिन्ट सहित अन्यलाई पनि पक्राउ गरिएको छ ।