MENU

विश्वकप खेल्नका लागि नेपाल अस्ट्रेलियासँग भिड्ने

विश्वकप खेल्नका लागि नेपाल अस्ट्रेलियासँग भिड्ने

सिड्नी । सन् २ हजार २२ मा कतारमा हुने विश्वकप फुटबल खेल छनौटका लागि नेपाल ले अस्ट्रेलियाको सामना गर्ने भएको छ ।

 

यस पटकको छनोट खेलमा एशियन पूर्वच्याम्पियन अष्ट्रेलिया र नेपाल एकै समूहमा परेपछि यि दुई टिम आमने सामने हुने भएका हुन् । बुधबार एस्फसीले सार्वजनिक गरेको खेलतालिकामा नेपाल र अष्ट्रेलियासँगै जोर्डन, चाईनिज ताईपेई र कुवेत परेका छन् । 

 

छनौट अन्तर्गत एक खेल अस्ट्रेलियामा हुनेछ भने नेपालमा एक खेल हुनेछ । यि दुवै खेललाई अस्ट्रेलियामा रहेका नेपालीहरुले निकै चासोले हेरेका छन् । प्रतिस्पर्धा एक महिनापछि सुरु हुँदैछ ।

 

दोश्रो चरणमा पुगेको नेपालसहित ४० टिमलाई ८ समूहमा विभाजन गरेर प्रत्येकमा ५ टिमलाई राखिएको छ । यो यी पाँच टिमले होम र अवेका आधारमा एक वर्षको अन्तरमा आठ वटा खेल खेल्नेछन् । नेपाल र अष्ट्रेलियाबीच यसअघि फुटबल भिडन्त भएको थिएन । जोर्डनसँग नेपालले सन् २०१४ मा छनोट खेल खेल्दा ९ गोल खाएको थियो भने काठमाडौंमा भएको खेलमा बराबरी गरेको थियो ।