डार्बिन । अस्ट्रेलियाको टप इन्ड डार्बिनमा मे २९ शनिवार नेपाल फेष्टिभल २०२१ सम्पन्न भएको छ ।
गैर आवासीय नेपाली संघ अस्ट्रेलिया, नर्दन टेरिटोरी राज्य संयोजन समितिको आयोजना र स्थायिन नेपाली समुदायको सहकार्यमा डार्बिन शहरको प्रमुख पर्यटकिय क्षेत्र वाटर फन्टमा यो फेस्टिभल भएको थियो ।
एन आर एन ए उपाध्यक्ष एवं राज्य संयोजक हेम पुनका अनुसार महोत्सबमा भच्र्युल नेपाल टुर, फोटो बुथ, नेपाल हाउस र बालबालिकाहरुको लागि फेस पेन्टिङको पनि ब्यवस्था गरिएको थियो । महोत्सबमा करिब १० हजार जना सहभागी भएका थिए ।
कार्यक्रममा स्थानिय कलाकारहरुले गायन, नृत्य र पूर्व मेची देखि महाकली र हिमाल तराई सम्मका कला सँस्कृति र भोषभुशा झल्कने कल्चरल परेड पनि प्रस्तुत गरेका थिए ।
राज्यका बहुसाँस्कृितक मन्त्री केट वार्डेन, नेपाली दुतावास क्यानबेराकी उप नियोग प्रमुख दु्रपदा सापकोटा, संघिय साम्सद लुक गोस्लिङ, बहुसास्कृतिक समुदायका पदाधिकारीहरू, डार्बिन सहरका काउन्सिलरहरू लगाएत बिभिन्न राज्यहरुमा रहेका एन आर एन ए अभिन्यान्ताहरु कार्यक्रममा सहभागि थिए ।