मेल्वर्न । आउँदो सेप्टेम्बर १० मा हुन गइरहेको नेपाल फेस्टिबल मेल्वर्न २०२२ को तयारी र कार्यविधिको बारेमा जानकारी दिन पहिलो पटक २१ अगस्तमा मुस्ताङ्ग प्यालेस सिड्नी रोड स्थिती पत्रकार, फेस्टिबल टास्कफोर्सका संयोजक, फेस्टिबल कमिटिका सदस्यहरु र नेपाली समुदायका व्यक्तिहरुबीचमा मिडिया कन्फेरेन्स सम्पन्न भएको छ ।
मिडिया कन्फेरेन्समा जुमबाट पनि सहभागि हुने व्यवस्ता मिलाइएको थियो । सम्मेलनमा स्वागत मन्तव्य दिदैँ एनआरएनए भिक्टोरीयाका सचिव गणेश कडेँलले नेपाल फेस्टिवलको तयारी भव्य भइरहेको वताएका थिए । त्यस्तै एनआरएनए भिक्टोरीयाको र नेपाल फेस्टिबलको संयोजक हरि खड्काले टास्क फोर्सका सबै संयोजकहरुको परिचय दिदैँ फेस्टिबल तयारी लगभग सकिसकेको र यसलाई ऐतिहासिक वनाउन सबैको साथ र सहभागित आवश्यक पर्ने वताएका थिए ।
त्यस्तै सम्मेलनमा फेस्टिबलको टाइटल स्पोन्र्सर रहेको बलूबेरी रियल स्टेटका सेल्स म्यानेजर महादेव धानुकले ब्लूबेरी फेस्टिबललाई प्रायोजन गर्नुमा एउटा विशुद्ध उद्देश्य रहेको र नेपाली कला संस्कृति, भाषा, भेषभूषा , गीत संगीत र नेपाली परिकार चिनाउने यो फेस्टिबलमा प्रायोजक हुनु अत्यन्त गौरभको विषय पनि रहेको बताएका थिए ।
त्यस्तै पब्लिसिटि टिमका संयोजक हेम दुलालले फेस्टिबललाई नेपाली समुदायमा मात्रै सिमित नगरेर अन्य समुदायसम्म पुर्याउन आफ्नो टिमले एकदमै मेहेनत गरिरहेको वताएका थिए । आर्टिस्ट म्यानेजमेन्टका संयोजक राम कडेँलले आर्टिस्टहरुको अपडेटमा स्टेज तताउन कव वेभ व्याण्ड र लोक दोहोरी गायक बद्री पंगेँनी आउने पक्का भएको र एउटा फिमेल भोकलिष्ट पनि राख्ने कुरा भइरहेको र नाम अहिले फाइनल नभएको वताएका थिए । कल्चरर्ल परेडका संयोजक तारा ग्रैरेले दिदी बहिनी समाज भिक्टोरीयासँग सहकार्य गरेर परेड व्यवस्था गरिरहेको र यसपालिको रुट पारलेमेन्ट हाउसबाट शुरु हुने जानकारी दिएका थिए । गेष्ट म्यानेजमेन्टबाट गणेश कडेँलले अ स्ट्रेलियाका लागि राजदुत कैलाश राज पोख्रेल, भिक्टोरीयाको महिला तथा शिक्षा मन्त्रि नाटलि हुचिङ्गस्, भिक्टोरीया बाहुसाँस्कृतिक कमिसनको अध्यक्ष भिभिन न्यूहुङ्ग लगाय अन्य उच्च पदाधिकारीहरुको उपस्थिती रहेको जानकारी दिएका थिए ।
फुड एण्ड बेभेरेजबाट विजय दाहालले नेपाली मौलिकता झल्काउने र स्वाद आउने परिकारहरुलाई त्यो दिन महत्व दिने र यतिबेला नेपाली स्वाद विदेशीहरुलाई चखाउने सुनौलो अवसर रहेको पनि बताएका थिए । भोलेन्टर म्यानेजमेन्टबाट कृष्णा चालिसेले बोल्दै न्याभले भोलेन्टर परिचालन गर्ने तयारी गरिरसकेको र त्यो दिन अरु पनि थप भोलेन्टर चाहिने भएकोले यदि कोही इच्छुक हुनुहुन्छ भने न्याभमा सम्पर्क गर्न अनुरोध गरेका थिए । स्पोन्र्सरको अपडेट दिदैँ हरि खड्काले अहिलेसम्म ६ वटा प्याटेनियम स्पोन्र्सर रहेको, १६ वटा करपोरेट स्पोन्र्सर रहेको वताएका थिए । यसपाली पनि एसवीएसलाई मिडिया पार्टर्नरको रुपमा स्वागत गर्न पाउँदा र कमन वेल्थ ब्याङ्कलाई पनि छिट्टै करपोरेटमा ल्याउन पाउँदा एकदमै खुशी लागेको कुरा हरि खड्काले जानकारी दिएका थिए ।
सम्मेलनमा उपस्थित हुन नसकेपनि जुमबाट क्रियटिभ एण्ड डिजाइनका सुधिर शाक्य, फाइनान्स म्यानेजमेन्टबाट हेमराज पौडेल, स्टेज म्यानेजर ललिसा थापा, कल्चरल संयोजक राम गुरुङ्ग, डिस्प्ले एण्ड डेकोरेसनका रन्जन बैध , मेडिकल एण्ड हेल्थका जमुना पराजुली र क्याइसिस म्यानेजमेन्टका जोग लिम्बुले उपस्थिती जनाएका थिए ।
यसपालीको इभेन्ट म्यानेजमेन्टको कार्यभारमा नियुक्त भएको यति फुटबल क्लबबाट प्रतिनिधित्व गर्दै राज शर्मा सम्मेलनमा उपस्थित भएका थिए र सम्मेलनमा बोल्दै उनले यो पटक समेत गरेर यति फुटबल क्लबले दुईपटक नेपाल फेस्टिबललाई म्यानेज गर्ने मौका पाएकोमा समस्त नेपाल फेस्टिबल टिमप्रति आभारी रहेको र यसपाली पनि आफूले पाएको उत्तरदायित्व मन, वचन र कर्मले पुरा गर्ने वताएका थिए ।
सम्मेलनको अन्त्यमा पत्रकार र नेपाल फेस्टिबल कमिटिका पदाधिकारीहरुबीच अन्तक्रिया भएको थियो ।