MENU

कोरोनाभाइरस उत्पत्तिबारेको छानविनमा नेपालले निष्पक्ष अडान लिएको भन्दै चीनद्वारा धन्यवाद

Nepal has allowed China's Walvax Biotechnology

काठमाडौं । कोरोना भाइरस उत्पत्तिको विषयमा नेपालले निष्पक्ष अडान लिएर आफूलाई सहयोग गरेको भन्दै चीनले बधाई दिएको छ । काठमाडौंस्थित चिनियाँ दूतावासले आज विज्ञप्ति जारी गर्दै नेपालको सहयोगका लागि धन्यवाद दिएको हो ।

भाइरस उत्पत्तिलाई राजनीतिकरण नगर्न आग्रह गर्दै नेपालसहितका ८० मुलुकले विश्व स्वास्थ्य संगठनका निर्देशकलाई कूटनीतिक नोट लेखेर नेपालले सहयोग गरेको चीनले जनाएको छ । कोभिड-१९ महामारी नियन्त्रणमा नेपाल र चीनले एकअर्कालाई सहयोग गरेर अन्तर्राष्ट्रिय साझेदारिताको उत्कृष्ट उदाहरण पेश गरेको समेत पनि विज्ञप्तिमा उल्लेख छ ।

महामारीविरुद्ध चीनले नेपाललाई आफ्नो सहयोग निरन्तर रहने उल्लेख गर्दै आफ्नो क्षमताले भ्याएसम्म चीनले थप खोप सहयोग प्रदान गर्ने पनि जनाएको छ । भाइरस उत्पत्तिलाई राजनीतिकरण गर्ने कार्यविरुद्ध चीनले नेपालसँग मिलेर कार्य गर्न चाहेको समेत जनाइएको छ ।

महामारी सुरुभएपछि यसको छानविनको लागि चीनले खुला, पारदर्शी र उत्तरदायी दृष्टिकोण पेश गरेको उल्लेख गर्दै विज्ञप्तिमा अमेरिकाले राजनीतिक उद्देश्यले मात्र भाइरस उत्पत्तिबारे दोषरोपण गरेको आरोप चीनले लगाएको छ ।

भाइरस उत्पत्तिको कुरा राजनीतिक म्यानुपुलेसन र जासूसी छानविनभन्दा विज्ञानको विषय भएको ध्यानाकर्षण जनाउँदै चीनले अमेरिकाले तथ्य र विज्ञानलाई अस्वीकार गरेको पनि उल्लेख गरेको छ ।

गत शनिबार दुई दर्जन अमेरिकी जासूसी एजेन्सीले भाइरस उत्पत्तिमा चीनले असहयोग गरेको आरोप लगाउँदै अपुरो प्रतिवेदन सार्वजनिक गरेका थिए । प्रतिवेदन सार्वजनिक भए लगत्तै राष्ट्रपति जो बाइडनले चीनले असहयोग गरेको भन्दै आलोचना गरेका थिए । गत महीना नेपालसहितका ८० देशले भाइरसलाई राजनीतिकरण नगर्न आग्रह गर्दै डब्लुएचओ निर्देशकलाई पत्र लेखेको चीनले जनाएको छ ।