MENU

नेपाल दक्षिण एसियाकै ‘खुसी मुलुक’

According to the global happiness survey from the United Nations Sustainable Development Solutions Network, Nepal is the happiest nation in South Asia
According to the global happiness survey from the United Nations Sustainable Development Solutions Network, Nepal is the happiest nation in South Asia

काठमाडौं : संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ।

नेटवर्कले शुक्रबार सार्वजनिक गरेको सन् २०२१ को ‘वल्र्ड ह्याप्पिनेस रिपोर्ट’अनुसार खुसी मुलुकको सूचीमा नेपालले ५.२६९ अंकसहित ८७ औं स्थान प्राप्त गरेको हो। नेटवर्कले १ सय ४९ मुलुकका नागरिकसँग अन्तरक्रियाका माध्यमबाट खुसीको विषयमा विश्लेषण गरी प्रतिवेदन सार्वजनिक गरेको हो।

सन् २०२० मा नेपाल ९२ औं र २०१९ मा सयौं स्थानमा थियो। सन् २०१९ मा नेपाल भुटान र पाकिस्तानपछि तेस्रो खुसी हुने मुलुकमा सूचीकृत थियो। राष्ट्रसंघले कोभिड भाइरस महामारीपछि मनोवैज्ञानिक, सामाजिक, आर्थिक सूचकलाई आधार मानेर १ सय ४९ मुलुकमा अध्ययन गरेको थियो।

कुल गार्हस्थ उत्पादन, सामाजिक सहयोग, व्यक्तिगत स्वतन्त्रता र भ्रष्टाचारको अवस्थालाई अध्ययनका लागि आधार लिइएको थियो। भारत ३.८१९ अंक प्राप्त गरी १ सय ३९ औं र चीन ५.३३९ अंक प्राप्त गरी ८४ औं स्थानमा सूचीकृत भएका छन्। श्रीलंका ४.३२५ अंक ल्याएर १ सय २९ औं, पाकिस्तान ४.९३४ अंक प्राप्त गरी १ सय ५औं, बंगलादेश ५.२५ अंक प्राप्त गरी १ सय १ औं, मालदिभ्स ५.१९८ अंक प्राप्त गरी ८९ औं स्थानमा सूचीकृत भएका छन्।

फिनल्यान्ड यो वर्ष पनि संसारकै खुसी मुलुकमा परेको छ। ७.८४२ अंक प्राप्त गरी फिनल्यान्ड १ नम्बरमा परेको हो। फिनल्यान्डका नागरिक सबैभन्दा बढी खुसी रहेको प्रतिवेदनले औंल्याएको छ।