MENU

क्रिकेटर सन्दीप लामिछाने कोरोनामुक्त; भन्छन् “मैदानमा फर्कन आतुर छु”

Sandeep Lamichhane
Sandeep Lamichhane is a Professional Cricketer who plays for Nepal and also represents different franchise team in different Cricket League around the world.

नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पीनर सन्दीप लामिछाने कोरोनामुक्त भएका छन्।

उनले सामाजिक सञ्जाल मार्फत् आफू कोरोनामुक्त भएको जानकारी दिएका हुन्। ‘दश दिनको आइसोलेसनपछि भर्खरै गरिएको मेरो काभिड–१९ टेस्ट नेगेटिभ आएको छ,’ उनले लेखेका छन्।

उनले आफ्नो स्वास्थ्यलाको कामना गर्ने सबैलाई समाजिक सञ्जालबाटै धन्यवादसमेत दिएका छन्। ‘म मैदानमा उफ्रन र मेरो टिमका लागि उत्कृष्ट प्रदर्शन गर्न आतुर छु। म फर्किएँ, हो, म फर्किएँ,’ उनले अन्तिममा लेखेका छन्।

लामिछाने होबार्ट हुरिकेनसँग आबद्ध भएर यो सिजनको बिगब्यास क्रिकेट खेल्न अस्ट्रेलिया आउँदैछन् । यस अघि लामिछानेले मेलबर्न स्टार्ससँग आबद्ध भएर दुई सिजनको बिगब्यास खेलेका थिए ।

इन्डियन प्रिमियर लिगका सहभागी बनेर नेपाल फर्किएका लामिछानेलाई कोरोना पुष्टि भएपछि उनी राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा पनि सहभागी थिएनन्।

यो पनि पढ्नुहोस् ।

अस्ट्रेलियामा दुई महिनामा पाँचजना फुड डेलिभरी राईडरको निधन; सरकारले बनायो टाक्स फोर्स