MENU

अस्ट्रेलियामा तलब बढ्यो: न्यूनतम ज्याला प्रतिघण्टा २१.३८ अस्ट्रेलियन डलर 

The national minimum wage will be increased by 5.2 per cent, lifting the rate from $20.33 to $21.38 an hour. Australian minimum wage increased by 5.2 per cent, Fair Work Commission
The national minimum wage will be increased by 5.2 percent, lifting the rate from $20.33 to $21.38 an hour with a minimum $40 weekly increase for workers on award rates below $869.60 per week.

भर्खरै निर्वाचित लेवर सरकारले चुनावमा गरेको प्रतिवद्धता अनुसार तलब बृद्धि गरेको छ ।

फेयर वर्क कमिसनले बुधबार १५ जुनमा एक निर्णय सार्वजनिक गरेसँगै कामदारहरूले जुलाईबाट प्रतिघण्टा २१.३८ अस्ट्रेलियन डलर पाउने भएका छन्। न्यूनतम ज्याला (The national minimum wage) मा काम गरिरहेका कामदारहरूको तलबमा ५.२ प्रतिशतको वृद्धि हुने भएको हो।

यो तलब वृद्धि सँगै साप्ताहिक रूपमा फुलटाईम कामदारको तलब ४० डलर बढ्नेछ भने मासिक रूपमा १६० डलरले तलबमा वृद्धि हुनेछ।

फेयर वर्क कमिसनका अध्यक्ष इयान रोसले जीवनयापनको बढ्दो लागत र बढ्दो मुद्रास्फीतिले तलब वृद्धि गर्नमा भूमिका खेलेको बताए। “मुद्रास्फीतिले ज्यालाको वास्तविक मूल्य घटाउँछ र उनीहरूको जीवनस्तरलाई मुस्किल बनाउछ्,” रोसले भने।

“बढ्दो मुद्रास्फीतिका कारण कम तलब पाउने मानिसहरू कमजोर बनेका थिए।” कर्मचारी सङ्गठनहरूले भने बढ्दो मुद्रास्फितीसँग तालमेल मिलाउने गरी ५.५ प्रतिशत तलब वृद्धिको माग गरिरहेका थिए।

रिजर्भ बैङ्कका गभर्नर फिलिप लोवीले वर्षको अन्त्यसम्म मुद्रास्फीति बढेर ७ प्रतिशतसम्म पुग्न सक्ने चेतावनी दिएका छन्।

याे पनि पढ्नुहाेस् ।

समुदायिक पुनर्चक्र केन्द्रहरु र घरेलु हानीकारक फोहोर व्यवस्थापन बारे जानकारी

ब्याजदर बृद्दीको निर्णयले अस्ट्रेलियालीहरुलाई आर्थिक भार थपिने