MENU

अस्ट्रेलियामा दशैंको टीकाको साइत कहिले ?

Nepalese Festival Dashing Celebration In Australia- 2020

सिड्नी । अन्र्तराष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले अस्ट्रेलिया सहित विभिन्न देशमा रहेका नेपालीहरुका लागि यस बर्षको बडादशैंको टीकाको साइत सार्वजनीक गरेको छ ।

२६ अक्टोवरमा रहेको बडादशैंमा अस्ट्रेलियाको सिड्नी, मेलबर्न र ब्रिजवेनमा छुट्टा छुट्टै साईतको समय जुरेको छ । सिड्नीमा बिहान ९ः४३, मेलबर्नमा ९ः५३ र ब्रिजवेनमा ९ः५१ मा साइतको टीका लगाउन सकिने अन्र्तराष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले सार्वजनीक गरेको विज्ञप्तीमा उल्लेख ।

अन्र्तराष्ट्रिय पञ्चाङ्ग निर्णय समितिका सभापति प्रध्यापक डा.माधव भट्टराई र सदस्य सचिव आचार्य सन्तोष वाशिष्ठ द्वारा जारी विज्ञप्तीमा भनिएको छ, “विभिन्न देशमा बसोवास गर्ने नेपालीहरुले बडादशैंको टीको साइतको समय मागको आधारमा साइतको समय सार्वजनीक गरिएको हो ।”

Dashain Tika Time Australia

कस्तो छ अस्ट्रेलियामा दशैंको चहलपहल ?

कोरोना भाइरस नियन्त्रण नजिक पुगेको अस्ट्रेलियाको सिड्नी र मेलबर्नका नेपालीहरुमा दशैंको माहौल बनिसकेको छैन । मेलबर्नमा कोरोना भाइरस पूर्ण रुपमा नियन्त्रण नहुँदा यस बर्षको दशैं नेपाली समूदायले खुलेर मनाउन पाउने छैनन् ।

नेप्लिज एसोसिएसन अफ भिक्टोरिया अध्यक्ष राम गुरु का अनुशार दशैं लक्षित सार्वजनीक कार्यक्रमहरु यस बर्ष नगरिने बताए । तिहारमा पनि देउसी भैलो कार्यक्रम अनलाईन माध्यमबाटनै गरिने गुरुङले बताए ।

तर,अस्ट्रेलियाको उत्तरी क्षेत्रमा भने दशैंको रौनक शुरु भएको छ । अस्ट्रेलियाको नर्दन टेरिटोरीमा अक्टोबर दशमा दशैं महोत्सव हुँदैछ भने त्यस क्षेत्रमा दशैंको उपलक्क्षमा खेलकुदका कार्यक्रमहरु पनि रहेको नेप्लिज एसोसिएसन अफ नर्दन टेरिटोरीका अध्यक्ष युवराज पन्तले जानकारी दिए ।

यता तास्मानिया राज्यमा कोभिड संक्रमितको संख्या शुन्य भएपछि यसबर्षको दशैं यहाँ बसोवास गर्ने नेपाली समुदायले खुलेर मानाउने भएका छन । यो राज्यमा नेपाली समूदायले दशै लक्षित विभिन्न कार्यक्रम आयोजना गदैछन । व्रिजवेनमा दशैं मनाउन सहज हुने देखिएको छ ।  यहाँ पनि नेपाली समूदायले दशैंका कार्यक्रमहरु आयोजना गरिरहेका छन् ।

पश्चिम अस्ट्रेलिया पर्थ र क्यानवेरामा पनि दशै सहज  हुँदैछ । किनकी यी राज्यहरुमा कोभिड संक्रितको संख्या शुन्य छ । साउथ अस्ट्रेलियामा रहेका नेपालीहरुले पनि दशैं रमाईलो गरिनै मनाउन पाँउने छन । किनकी यो राज्यमा लकडाउनका सवै नियमहरु खुला भइसकेका छन ।

विभिन्न राज्यमा पुगि आफन्तको टीका थाप्न भने अस्ट्रेलियाका नेपालीहरुलाई यस अघिका दशैं जस्तो सहज देखिदैन । साउथ अस्ट्रेलियाले सिड्नीसँगको यात्रा प्रतिबन्ध खुला गरेपनि सिड्नीमा संक्रमितको संख्या घटबढ भइरहदा यात्रुमा त्रासनै देखिन सक्छ । सिड्नीमा बसोवास गर्ने नेपालीहरुले क्याबेरामा रहेका आफन्तसँग भने टीका थाप्न सहज हुनेछ ।