MENU

थकाली क्लबले जित्यो तोरन्ला भलिबल कपको उपाधी

Nepalese Volleyball in Sydney
Nepalese National Game Volleyball Tournament Organised in Sydney

सिड्नी । थकाली सेवा समिती अस्ट्रेलियाले आयोजना गरेको पाँचौ तोरन्ला भलिबल रनिङ सिल्ड थकाली भलिबल क्लबले जितेको छ ।

होम टिमले अर्को उपाधी दावेदार छन्त्याल परिवार अस्ट्रेलियालाई सोभो सेट २५ २२, २५ १९ र २९ २७ ले पराजित गरेको हो । यस अघि थकाली भलिबल क्लबले रोमाञ्चक सेमिफाइनल खेलमा डिफेन्डिङ च्याम्पियन ढोरपाटन भलिबल क्लबलाई चार सेटमा हराएर फाइनलको बाटो तय गरेको थियो ।

बिजयी क्लब र खेलाडीहरुलाई प्रमुख अतिथि एवं एन आर एन आई सि सि स्पोर्ट एकेडेमी सह अध्यक्ष राजु मानन्धर र थकाली सेवा समिति अस्ट्रेलियाका अध्यक्ष इन्द्र तुलाचनले च्याम्पेन्सिप ट्रफी, उप बिजेता ट्रफी र नगद पुरस्कार क्रमसः १७०५, ८०५। मेडल र सर्टिफिकेट बितरण गरेका थिए ।

कार्यक्रममा थकाली सेवा समिति अस्ट्रेलियाका पूर्व अध्यक्ष र निम्फाका उपाध्यक्ष नारायण भट्टचन, बरिष्ठ उपाध्यक्ष भरत शेरचन, उपाध्यक्ष महिला तारा भट्टचन, अर्का उपाध्यक्ष तथा खेलकुद संयोजक रबिन शेरचनले खेलाडीहरुलाई नगद पुरस्कार, मेडल र सर्टिफिकेट प्रधान गरेका थिए ।

प्रतियोगितामा बेस्ट प्लेयर राजु थकाली, बेस्ट लिफ्टर कृष्ण गुरुङ, बेस्ट सर्भर दिपेन्द्र गौचन, बेस्ट स्पाइकर तिलक छन्त्याल, बेस्ट लिबेरो गणेश छन्त्याल, बेस्ट ब्लकर दिपेन्द्र छन्त्याल भएका थिए । बिजयी क्लबका कोच पुरण थकाली र म्येनजर कर्मा भट्टचनलाई उक्त कार्यक्रममा सम्मान गरिएको थियो ।

लिडकमको वाईट पार्कमा शनिवार ३ अक्टोबरमा भएको एक दिने उक्त प्रतियोगितामा सिड्नीमा रहेका आठवटा भलिबल क्लबहरु सहभागि थिए ।

Nepalese National Game Volleyball Tournament Organised in Sydney
Nepalese National Game Volleyball Tournament Organised in Sydney