MENU

पर्थमा नेपाली नयाँ बर्ष साँस्कृतिक मेलाः हेर्नुहोस ५ तस्बिरमा

Nepalese New Year 2078 celebration organised Nepali Association of Western Australia

पर्थ । पश्चिम अस्ट्रेलियामा नेपाली नयाँ बर्ष २०७८ सालको अवसरमा भब्य साँस्कृतिक कार्यक्रम तथा शुभकामना साँझ सम्पन्न भएको भएको छ ।

कार्यक्रममा नेपाली साँस्कृति झल्कने गायन, नृत्य, पञ्चे बाजा, खानाका परिकारहरु राखिएको थियो । नेप्लिज एसोसियसन अफ वेस्टर्न अस्ट्रेलिया (नावा) का अध्यक्ष डा मणि पनेरुका अनुसार कोरोना भाइरसको कारण भएको प्रतिबन्धका कारण गएको बर्ष सार्वजनिक रुपमा नयाँ बर्ष मनाउन नसके पनि यो बर्ष करिब एक हजार भन्दाबढीको सहभागिता यो कार्यक्रम भएको हो ।

Nepalese New Year 2078 celebration organised Nepali Association of Western Australia
डा पनेरुका अनुसा पश्चिम अस्ट्रेलियामा नेपाली समुदायको प्रतिष्ठा बढाउन उल्लेख्य भुमिका खेल्ने प्रफेसर राम पण्डित, डा रंजितलाल श्रेष्ठ, डा अजित चौरसिया र अजय सुवाललाई अभिनन्दन गरिएको थियो ।

संघिय सिनेटर डिन स्मित प्रमुख अथिति र एम एल ए याज मुबारकाई अतिथि रहेको उक्त कार्यक्रममा बिभिन्न देशका कन्सुलर जनरल, बहुसाँस्कृतिक सामुदायिक संस्थाका प्रतिनिधिहरु सहभागि थिए ।

कार्यक्रममा नावाकप क्रिके भलिबल, फुटसल, चेस र टेबलटेनिस प्रतियोगितामा सहभागि खेलाडिहरुलाई सम्मान गरिएको थियो ।

हेर्नुहोस कार्यक्रमका तस्बिरहरु 