MENU

अस्ट्रेलियाका अध्यागमन मन्त्री एलेक्स हअकले दिए नेपाली नयाँ वर्ष २०७९ को शुभकामना

Nepalese New Year 2079 Greetings from The HON Alex Hawke MP Minister for Immigration, Citizenship, Migrant Services and Multicultural Affairs
Nepalese New Year 2079 Greetings from The HON Alex Hawke MP Minister for Immigration, Citizenship, Migrant Services and Multicultural Affairs

अध्यागमन, नागरिकता, आप्रवासी सेवा एवम् बहुसांस्कृतिक मामला हेर्ने सङ्घीय मन्त्री एलेक्स हअकले नेपाली नयाँ वर्ष विक्रम सम्वत् २०७९ को अवसरमा अस्ट्रेलियामा बसोबास गर्ने नेपाली समुदाय एवम् विश्वभर छरिएर रहेका नेपालीहरूलाई शुभकामना व्यक्त गरेका छन्।

१२ अप्रिल मंगलवार विज्ञप्ति मार्फत सङ्घीय मन्त्री हअकले नेपालमा वसन्त ऋतुको आगमन र नयाँ वर्षले गत वर्षको चुनौती र विजयलाई मनन गदै नयाँ आउने अवसरको प्रतीक्षा गर्ने बताएका छन्।

नयाँ वर्ष उदय र आशाको समय भएकाले पुरानोलाई छाडेर नयाँ अवसरलाई अँगाल्ने समय भएको पनि उनको विज्ञप्तिमा उल्लेख छ।

“विश्वव्यापी महामारीबाट अस्ट्रेलिया निस्कँदै गर्दा नयाँ वर्षलाई आशावादी दृष्टिकोणबाट नियाल्ने हाम्रा थुप्रै कारणहरू छन्,” उनले भनेका छन्।

धार्मिक समारोहमा भाग लिँदा होस् वा पारिवारिक जमघट वा अस्ट्रेलियाली नेपाली समुदायसँगको उपस्थित हुँदा यस्ता उत्सवहरू व्यापक समुदायसँग बाँडेकोमा उनले धन्यवाद दिएका छन्।

“यसले हाम्रो बलियो बहुसांस्कृतिक राष्ट्रको जीवन्तता र एकतामा ठुलो योगदान पुर्‍याएको छ,” उनले भनेका छन्।

यसअघि अस्ट्रेलियाका बदेशमन्त्री मरिन पेन, संघिय संसद मिसेल रोलेण्ड र न्यु साउथ वेल्सका बहुसँस्कृतिक मन्त्री मर्क कुरी लगाएत अन्य रजनीतिज्ञहरूले अस्ट्रलियाका नेपालीहरूलाइ नयाँ बर्षको शुभाकामना ब्यक्त गरेका छन् ।

याे पनि पढ्नुहाेस् । 

Shadow Minister for Communications Rowland offered New Year Greeting to Australian Nepalese