MENU

नेपाली जनसम्पर्क समिति अस्ट्रेलियाको अध्यक्षमा बिनित राज शर्मा निर्वाचित

Nepali Jana Samparka Samiti Australia

मेलबर्न । नेपाली कांग्रेस निकटको प्रवासी संगठन नेपाली जनसम्पर्क समिति अस्ट्रेलियाको नयाँ नेतृत्व चयन भएको छ ।

आइतवार समितिको मेलबर्नमा सम्पन्न साधारण सभाले बिनित राज शर्माको अध्यक्षतामा २४ सदस्य नयाँ कार्यसमिति चयन गरेको छ ।

नव निर्वाचित कार्यसमितिको उपाध्यक्षमा बिनोद लामा,  सचिब दिनेश बन्जरा , सह सचिब कमल लामिछाने, कोषाध्यक्ष शोभित प्रधान र जन सम्पर्क अधिकृत  प्रकाश थापा रहेका छन्  ।

त्यसैगरी सदस्यहरुमा, सबिना वाग्ले, पारु कंडेल, किशान कंडेल, सबिन धिताल, ज्ञानेन्द्र उप्रेति, प्रकाश चलिसे, नरेश रावल्, यज्ञ जोशि, सन्तोश पान्डे, कोपिला सापकोटा, यकराज बस्नेत, जगनाथ फुयाल्, सुमन्यु थापा, तिलक सापकोटा, अर्जुन खनाल, सन्दिप बोगति, दिपेन हमाल र नेत्र प्रसाद ज्ञवली छन् ।

यो नेपाली जनसम्पर्क समितिको भिक्टोरिया राज्य स्तरिय समिति हो ।

यसैबीच अधिबेशन मार्फत सात सदस्यीय संरक्षक समिती र आठ सल्लाहाकार समिती समेत गठन गरिएको  गरिएको छ ।

संरक्षक  समितीका सदस्यहरुमा, दुर्गा आचार्य, सोम , प्रसाद गुरुङ्, नारायण काफ्ले, सुरेश पोखरेल, देवेन्द्र बस्नेत, आशिश पान्डे र  कमल गैर छन् ।

सल्लाहकार समितिमा, गणेश पौडेल, रमेश कार्की, लाल प्रसाद कंडेल, बुद्दी सापकोटा, राम कंडेल, हरी भुसाल, प्रकाश आचार्य र  गोपाल काफ्ले रहेको समितिले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।