MENU

एडिलेडमा पहिलोपटक भेट्रान कप हुने

Nepali Language School in Adelaide Organises Veteran Cup Football 2021
Nepali Language School in Adelaide Organises Veteran Cup Football 2021

एडिलेड। दक्षिण अस्ट्रेलियाको एडिलेडमा पहिलोपटक भेट्रान कपको आयोजना हुने भएको छ । ३५ बर्षमाथिका खेलाडीबीचमा हुन लागेको यो फुटबल प्रतियोगिता यहाँस्थित नेपाली पाठशालाले आयोजना गर्न लागेको हो ।

नेपाली तथा नेपाली भाषिको फुटबल क्बल सहभागी हुने यो प्रतियोगिता लिग चरणमा खेलाइने आयोजक संस्थाका अंकुर उपाध्यायले जानकारी दिए । उपाध्यायका अनुसार नेपाली पाठशालाले सँधै खेल खेलिरहेको बुराघा खेलमैदानमा २७ नोभेम्बर शनिबार प्रतियोगिताको आयोजना हुदैछ ।

प्रतियोगितामा एडिलेड नेपाली समाज, एडिलेड ड्रागन फुटबल क्लब, बोइज युनाईटेड फुटबल क्लब, एडिलेड खुकुरी फुटबल क्लब र आयोजक पाठशालाको २ टिम सहित ६ टीम सहभागी हुदैछन् । प्रतियोगितालाई रोचक बनाउन र दोस्रो पुस्तालाई समेत उत्प्रेरित गर्ने उद्देश्यले नेपाली पाठशाला तथा नेपाली बिद्यालयका बालबालिकाबिच समेत खेल हुनेछ ।

नेपालीको संख्या बढेसँगै दक्षिण अस्ट्रेलियामा समेत नेपाली फुटबल फस्टाउँदै गएको छ । हरेक बर्ष दशैंकपका साथै अन्य बिभिन्न प्रतियोगिता समेत आयोजना हुदै आएका छन् ।

भेट्रान कप आयोजक संस्थाका सुरेश जोशीका अनुसार प्रतियोगिताको मुख्य उद्देश्य एकआपसमा भेटघाट गर्ने, आपसी भाइचारा बढाउने र स्वस्थ रहनका लागि खेल महत्वपुर्ण रहेको सन्देश दिने हो । उनले प्रतियोगिताका विजयीलाई ट्रफी तथा मेडल दिइनेछ भने विभिन्न शिर्षकमा उत्कृष्ठ खेलाडीलाई पुरस्कृत समेत गरिनेछ ।