MENU

सामान्य बन्दै अस्ट्रेलिया; न्यु साउथ वेल्सको सीमा सबै राज्यका लागि खुल्ला

सिड्नी । एडिलेड बाहेक अस्ट्रेलियाका अन्य राज्यमा कोरोना भाइरस नियन्त्रणमा आएसँगै जनजीवन सामान्य बन्दै गएको छ ।

एक अर्को राज्यबिचको सीमा नाका खुल्न थालेका छन् भने सर्वसाधरणहरु होलिडे मनाउन राज्य बाहिर निस्कि थालेका छन् ।

यसैबिच अस्ट्रेलियाको ठुलो राज्य न्यु साउथ वेल्सले ६ वटा राज्य र दुई टेरिटोरीका सबै नागरिकलाई आफ्नो राज्य भ्रमणका लागि स्वागत गरेको छ ।

अस्ट्रेलियाका जुनसुकै राज्यबाट न्यु साउथ वेल्स आए पनि क्वारेनटिन बस्नुपर्ने छैन ।

क्विसल्याण्डले पनि न्यू साउथ वेल्ससँगको सीमा डिसेम्बर एकबाट खुल्ला गर्ने भएको छ भने भिक्टोरियासँग पनि सीमा सोही दिन खुल्ने जनाएको छ ।

टापु राज्य तास्मानीय र भिक्टोरियाको सीमा पनि नोभेम्बर २७ तारिखबाट खुल्ने भएको छ ।

सीमा खुलेसँगै एक अर्को राज्यका नागरिकले क्वारेन्टिन बस्नु नपर्ने बताइएको छ ।

यता भिक्टोरियाले दोस्रो लहरको भाइरस सङ्क्रमण पूर्णरुपमा नियन्त्रण गरेको छ । राज्यमा कुनै सक्रिय संक्रमति बिरामी नभएको र नयाँ सङ्क्रमित नभएकोले भिक्टोरिया कोरोनामुक्त भएको राज्य प्रमुखले जनाएका छन् ।

यसैबिच सङ्घीय प्रधानमन्त्री स्कट मारिसनले कोभिड नियन्त्रका लागि राज्य सरकार र नागरिकले सहयोग गरेकोमा धन्यवाद दिएका छन् ।

याे पनि पढ्नुहाेस् ।

बिबिसीका १०० प्रभावशाली महिलाको सूचीमा १८ वर्षीया सपना