MENU

आगामी महिनाबाट अन्तर्राष्ट्रिय सीमा खोल्दै न्युजिल्याण्ड

New Zealand would ease coronavirus border restrictions form November 2021

न्युजिल्याण्डले आगामी महिनाबाट आफ्नो अन्तर्राष्ट्रिय सीमा खोल्ने भएको छ। न्युजिल्याण्डले कोभिड–१९ महामारीको कारण २ वर्षभन्दा लामो समयदेखि बन्द रहेको सीमा खोल्ने निर्णय गरेको हो।

यससँगै अष्ट्रेलियाका नागरिकहरुले अप्रिल १३ बाट क्वारेन्टिन तथा आइसोलेसन विना नै न्युजिलयाण्ड प्रवेशको अनुमति पाउनेछन्। न्युजिल्याण्डले अहिले अघि सारेको नियमअनुसार आगामी मे २ बाट विभिन्न ६० मुलुकबाट आउने पूरा डोज खोप लगाएका मानिहरु न्युजिल्याण्ड आउन पाउँछन्। जसमा बेलायत र अमेरिकाजस्ता मुलुक पनि सामेल छन्।

यद्यपि न्युजिल्याण्ड आउने सबै मानिसले कोरोना परीक्षणमा नेगेटिभ नतिजा आएको प्रमाण देखाउनुपर्ने हुन्छ। न्युजिल्याण्डकी प्रधानमन्त्री ज्यासिन्डा आर्डनले न्युजिल्याण्ड पुनः विश्वलाई आफ्नो मुलुकमा स्वागत गर्न तयार रहेको बताएकी छिन्।

कोरोना महामारीको सुरुवातमा कडा किसिमको लकडाउन तथा अन्य मापदण्ड लगाउँदै कोरोना संक्रमण नियन्त्रण गर्न सफल रहेको न्युजिल्याण्डमा पछिल्लो समय उल्लेख्यमात्रामा कोरोना संक्रमण बढेको छ।