MENU

न्युजिल्यान्डमा ‘हिंस्रक अतिवादी’को छुरी प्रहारबाट ७ जना घाइते

New Zealand Prime Minister Jacinda Ardern
New Zealand Prime Minister Jacinda Ardern

अकल्यान्ड । न्युजिल्यान्डको अकल्यान्ड स्थित सुपरमार्केटमा छुरी प्रहार गरी घाइते बनाउने एक ‘हिंस्रक अतिवादी’लाई त्यहाँको प्रहरीले मारिदिएको छ। अस्ट्रेलियाकाे ए बि सि न्युजका अनुसार छुरी प्रहारबाट ७ जना घाइते भएका छन् ।

न्युजिल्यान्डकी प्रधानमन्त्री जसिन्डा अर्डर्नले यसलाई ‘आतंकवादी हमला’ भनेकी छन्। आक्रमणकारी श्रीलंकाली नागरिक हुन्। सरकारले उक्त आक्रमणकारी पहिलेदेखि आफ्नो निगरानीमा रहेको बताएको छ।

आक्रमणकारी आतंकवादी समूह इस्लामिक स्टेटबाट प्रेरित रहेको बताइएको छ। प्रधानमन्त्री अर्डर्नले सुरक्षा बलले ६० सेकेन्डभित्र उनलाई मारिएको बताएकी छन्।

शुक्रबार दिउँसो आयोजित पत्रकार सम्मेलनमा न्युजिल्यान्डकी प्रधानमन्त्रीले भनिन्, ‘आज जे भयो त्यो निन्दनीय हो। घृणित र गलत छ। आक्रमणकारीको पहिचान गोपनीयतका कारण खुलाइएको छैन। ऊ अक्टोबर २०११ मा न्युजिल्यान्ड आएको थियो र २०१६ आउँदासम्म सुरक्षाका लागि खतरा बन्यो।’

एक जना प्रत्यक्षदर्शीले न्युज आउटलेट्स स्टफ एनजेडसँग भनेअनुसार वातावरण अत्यन्त आतंकपूर्ण बनेको थियो। उनले सुनाए, ‘मानिस भागिरहेका थिए, चिच्याइरहेका थिए, डराइरहेका थिए। चक्कुले घाइते भएपछि एक जना वृद्ध व्यक्ति जमिनमा लडेका थिए।’

स्थानीय रिपोर्टअनुसार त्यस व्यक्तिको छुरा प्रहारबाट घाइते भएका ६ जनालाई अस्पताल भर्ना गरिएको छ। तीमध्ये एक जनाको अवस्था अत्यन्तै गम्भीर छ। बीबीसी