MENU

न्युजिल्याण्डद्धारा नेपाललाई १० लाख डलरको स्वास्थ्य समग्री सहयोग

Nepal Falg and New Zealand flag
New Zealand provides $1m to support Nepal in their COVID-19 response that will go to UNICEF to help with emerging health needs and community resilience.

अकल्याण्ड । ओशिनिया क्षेत्रको पर्वतिय देश न्युजिल्याण्डले नेपाललाई कोरोना महामारी विरूद्ध लड्न दश लाख न्युजिल्याण्ड डलर सहयोग गर्ने भएको छ । शुक्रबार २१ मे मा न्युजिल्याण्डकी परराष्ट मन्त्री नानिया माहुताले टुईट गर्दै सो सहयोग सार्वजनिक गरेकी थिइन ।

परराष्ट मन्त्री माहुताले लेखेकी छन्, ‘यो महामारीविरूद्ध लड्न नेपाललाई एक मिलियन न्युजिल्याण्ड डलर सहयोग दिने निर्णय जानकारी दिन पाउँदा खुशी लागेको छ ।’ उनले नेपाल र न्युजिल्याण्डबीच हिलारी र तेन्जिङ्गका पालादेखि नै गहिरो मित्रता रहदै आएको बताएकी छिन् ।

न्युजिल्याण्डमा नेपाली महावाणिज्यदूतहरु आत्माराम खनाल र पिटर गीब्सले न्युजिल्यान्ड सरकारलाई पत्र लेखेर नेपाललाई सहयोग गर्न अपील गरेका थिए । न्युजिल्याण्डकालागि नेपाली महाबाणिज्यदुत आत्माराम खनालले भने, ‘यहाँका नेपालीको आवाज न्युजिल्याण्ड सरकार समक्ष पुग्यो र सरकारले पनि हाम्रो अनुरोधलाई स्वीकार गरी सहयोग घोषणा भयाे ।’

अहिले कोरोना सँग लड्न अत्यावश्यक स्वास्थ्य समग्रीहरु खरिद र समुदायमा बितरण गर्न यो सहयोग परिचालन हुनेछ । युनिसेफमार्फत् यो सहयोग नेपाललाई पठाउने बताईएको छ ।

याे पनि पढ्नुहाेस् ।

एन आर एन न्युजिल्याण्डले सगरमाथा दिवस मनाउने