MENU

एन आर एन न्युजिल्याण्डले सगरमाथा दिवस मनाउने

Everest Day: Nepali community in New Zealand, the NRNA New Zealand, the Himalayan Trust and the Embassy of Nepal, Canberra organise free event to commemorate the historical day of the First Ascent, and to celebrate the legacy of Sir Edmund Hillary and Tenzing Norgay Sherpa.
Everest Day: Nepali community in New Zealand, the NRNA New Zealand, the Himalayan Trust and the Embassy of Nepal, Canberra are organising free event to commemorate the historical day of the First Ascent, and to celebrate the legacy of Sir Edmund Hillary and Tenzing Norgay Sherpa

अकल्याण्ड । गैर आवासीय नेपाली संघ न्युजिल्याण्डले सगरमाथा आरोहणको स्मृतिमा “एभरेष्ट डे २०२१” मनाउने भएको छ ।

६८ बर्ष अघि सन् १९५३ मा न्युजिल्याण्डका सर एड्मण्ड हिलारी र नेपाली तेन्जिङ् शेर्पाले संयुक्त रुपमा मे २९ मा सगरमाथाको चुचुरोमा पाइला टेकेका थिए ।

यही दिनको स्मृतीमा गैर आवासीय नेपाली संघ न्युजिल्याण्डले अकल्याण्ड बिशेष कार्यक्रम गरेर सगरमाथा दिवस मनाउन लागेको संघका अध्यक्ष लाल केसीले नेप्लिज अस्ट्रेलियनलाई बताए ।

अध्यक्ष केसीका अनुसार माउन्ट रसकिलमा मध्यान्ह १२ बजेबाट शुरु हुने यो कार्यक्रममा न्युजिल्याण्ड सरकारका प्रतिनिधिहरु, एड्मण्ड हिलारीको श्रीमती जुनु हिलारी, छोरा पिटर हिलारी, सगरमाथा आरोहीहरु मार्क एंङगल्स, आङ काजी शेर्पा, एन आर एन पूर्व अध्यक्ष शेष घले, उपाध्यक्ष मन केसी, ओसीनिया रिजनल कोअर्डिनेटर होम पाण्डे लगाएतका अतिथीहरु सहभागि हुनेछन् ।

नेपाली दुतावास क्यानबेरा, न्युजिल्याण्ड स्थिति नेपाली महाबाणिज्यदुतको कार्यालयहरु, हिमालयन ट्रस्ट र न्युजिल्याण्डमा रहेका नेपाली समुदायिक संस्थाहरु र क्लबहरुको आयोजनामा यो कार्यक्रम हुन लागेको कार्यक्रम संयोजक राज महर्जनले जानकारी दिए ।

न्युजिल्याण्डमा सरकारको तर्फबाट आगामी ९ जुनमा संसद भवनमा एभरेष्ट डे कार्यक्रम आयोजना हुँदैछ ।

Everest Day: Nepali community in New Zealand, the NRNA New Zealand, the Himalayan Trust and the Embassy of Nepal, Canberra are organising free event to commemorate the historical day of the First Ascent, and to celebrate the legacy of Sir Edmund Hillary and Tenzing Norgay Sherpa

याे पनि पढ्नुहाेस् । 

अस्ट्रेलियाले नेपाललाई कोभिड-१९ विरुद्ध लड्न ७० लाख डलर सहयोग गर्नै