मंगलबार एक जनामा कोभिड १९ संक्रमण देखिएपछि न्यूजिल्यान्डमा देशभर लकडाउन घोषणा गरिएको छ। बिहिबारसम्म न्यूजिल्यान्डमा कोरोना संक्रमित संख्या २१ पुगेको छ ।
६ महिनापछि न्यूजिल्यान्डको अकल्यान्डमा एक पुरुषमा संक्रमण देखिएको हो। संक्रमण देखिएसँगै अक्ल्यान्डमा एक हप्ता लकडाउन घोषणा गरिएको हो। संक्रमण देखिएको व्यक्ति घुमेको कोरोमन्डेल शहर पनि एक हप्ताका लागि लकडाउनमा रहनेछ।
न्यूजिल्यान्ड सरकारले संक्रमण फैलिनबाट रोक्न भन्दै देशभर ३ दिन लकडाउन घोषणा गर्ने निर्णय समेत गरेको छ।
५८ वर्षीय पुरुषमा गत बिहीबारबाट संक्रमण भएको हुन सक्ने अनुमान अधिकारीहरुले गरेका छन्।
प्रधानमन्त्री जेसिन्डा एर्ड्रेनले देशमा फैलिएकाे नयाँ केस डेल्टा भेरियन्ट भएकाे पुष्टी गरेकी छन् । आफूहरु यसको लागि पहिला तयार भएको भन्दै सबैलाई स्वास्थ्य मापदण्ड र लकडाउन पालना गर्न आग्रह गरेकी छिन्।
उनले अत्यावश्यक सेवा सुविधाबाहेक अन्य सबै क्षेत्र लकडाउनको समय बन्द हुने बताइन्। त्यसैले देशमा संक्रमण फैलिन सक्ने स्थान छनोट गरेर सतर्कता अपनाइएको छ।
न्यूजिल्यान्डमा हालसम्म २० प्रतिशत जनसंख्याले मात्रै कोरोना भाइरसविरुद्ध पूर्ण खोप लगाएका छन्।
There are 11 new cases of #COVID19 in the community to confirm. This brings the total number of community cases at this stage to 21. https://t.co/5S4BUE6aOb
— Ministry of Health – Manatū Hauora (@minhealthnz) August 19, 2021