MENU

प्रवासी नेपाली मंच न्युजिल्याण्डकाे अध्यक्षमा डा भगवान दत्त यादब चयन

ONF New Zealand
प्रवासी नेपाली मंच न्युजिल्याण्डको यही २४ जुलाई आईतबार भएको दाेस्राे अधिवेसनले दुई बर्षको लागि नयाँ कार्यसमिति चयन गरेको छ । डा भगवान दत्त यादवको अध्यक्षमा नयाँ कार्यसमिति चयन भएको हो ।

नेकपा एमाले स्थाई कमिटी सदस्य तथा प्रवास विभाग प्रमुख डा.राजन भट्टराई प्रमुख अतिथि रहेको उक्त कार्यक्रम जुम मार्फत भएको थियो ।  (नेकपा एमाले)

कार्यक्रममा प्रमुख अतिथि डा भट्टराई सहित प्रवासी नेपाली मंच अन्तराष्ट्रिय कमिटिका अध्यक्ष भक्त गुरुङ, सचिव रमेश पाण्डे, ओसिनिया इन्चार्ज डा बिनोद श्रेष्ठ, प्रवासी नेपाली मंच ओसिनिया संयोजक राजु प्रसाद उपाध्याय, प्रवासी नेपाली मंच अस्ट्रेलिया अध्यक्ष केशब जोशी, न्युजिल्याण्डका लागि नेपाली अवैतनिक वाणिज्यदूत आत्मा राम खनाल, नेपाल न्युजिल्याण्ड चेम्बर अफ कमर्सका अध्यक्ष दिनेश खड्का र एन आर एन न्युजिल्याण्डका उपाध्यक्ष भक्त सिवाहाङले नवनिर्वाचित कमिटिलाई सफलताको शुभकामना दिएका थिए ।

मंचका नवनिर्वाचित पदाधिकारीहरुमा अध्यक्ष डा भगवान दत्त यादब, उपाध्यक्ष रामराज ओली, सचिब मिलन जि सि, उपसचिब महेश राज पाण्डे, उपसचिब समिर सिलवाल, रहेका छन् ।

यस्तै मंचका सदस्यहरुमा श्री थापा, लेखनाथ भण्डारी, बिक्रम आचार्य, ईन्द्र निरौला, सिजन बास्तोला, प्रबेश राज पाण्डे, लोक नाथ भट्टराई, भरत थापा र पूर्ण सम्बाहम्फे रहेका छन् ।

याे पनि पढ्नुहाेस् ।

रित गौतमले न्यूजिल्याण्डको घरेलु क्रिकेट प्रतियोगिता खेल्ने